ठुलो मात्रामा लागु औषध सहित महरा र घिसिङ सर्लाही प्रहरीको नियन्त्रणमा

2.6k Shares

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ५ बाट प्रहरीले ठुलो मात्रामा लागु औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।ब्रम्हपुरी गाउँपालिका ५ मा चेकिङमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश २–०३–००७ प ८४०७ नम्बरको मोटरसाईकल सहित जिल्लाको हरिवन नगरपालिका ७ का अन्दाजी ४० वर्षका बैजु महरा र सोही मोटरसाईकलमा पछाडि सवार हरिवन नगरपालिका ७ कै अन्दाजी वर्ष ३६ का मदन बहादुर घिसिङलाई ठुलो मात्रामा लागु औषध सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
उनका अनुसार उनीहरुको साथबाट दुईवटा जुटको बोरामा लागु औषध ओनरेक्स बोतल पाँच सय ९२ थान,स्पास्मो प्रोक्जिभोन प्लस लेखिएको दुई हजार एक सय ६० पिस र इन्ट्राभेट ट्याब्लेट १० लेखिएको तीन हजार पिस लागु औषध बरामद् भएको हो ।मोटरसाईकल सहित नियन्त्रणमा लिइएका उनीहरुको साथबाट रु एक लाख पाँच हजार आठ सय १५ नगद समेत बरामद् भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक प्रवीण धितालले जानकारी दिए ।उनका अनुसार नियन्त्रणमा लिइएको मोटरसाईकल,महरा र घिसिङका साथै लागु औषधलाई जिल्ला प्रहरी कार्यालय सार्लहीमा राखेर आवश्यक अनुसन्धान सुरु भएको छ ।

सम्बन्धित समाचार