नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर १ ले सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ ।लोकतन्त्र प्राप्तिका लागि पटक पटक आन्दोलनमा योगदान गरेका,वृहत् शान्ति सम्झौताका पक्षधर, विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिमा नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो ।
सोही अनुसार कांग्रेस सर्लाही क्षेत्र नम्बर १ ले पनि नेपाली राजनीतिका धरोहर नेपाली कांग्रेसका संस्थापक नेता स्व.विपी कोईरालाको सम्झना गर्दै ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका केन्द्रीय सदस्य विभु सिंह थापाले जानकारी दिए ।उनका अनुसार नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर १ का सभापति हरि लुङ्गेलीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य राम चन्द्र चौधरीको प्रमुख आतिथ्यातमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईएको हो ।
कार्यक्रममा सर्लाही क्षेत्र नम्बर १ प्रदेश ख का सभापति सितारम दाहाल,महाधिवेशन प्रतिनिधि दिपक अधिकारी र सुसिल शर्मा,जिल्ला सह सचिव इन्द्र योञ्जन र हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पञ्जिायार थारु लगायतको उपस्थितिमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको नेपाली कांग्रेस सर्लाह क्षेत्र नम्बर १ ले जनाएको छ ।कांग्रेसका संस्थापक नेता स्व.कोइरालाले २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले“राष्ट्रिय एकता तथा मेलमिलाप”दिवसको रूपमा हरेक वर्ष विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ।