माओवादी केन्द्र सिन्धुलीको पार्टी कार्यालय भवन निर्माणको खर्च विवरण सार्वजनिक गर्न माग

5.2k Shares

नेकपा(माओवादी केन्द्र) सिन्धुलीको पार्टी कार्यालय भवन निर्माण भएको करिब एक वर्षमा पनि भवन निर्माणमा लागेको खर्च विवरण सार्वजनिक भएको छैन् ।कमलामाई नगरपालिका ६ स्थित २ नम्बर बजार भगवती बोर्डिङ स्कुल अगाडि १२ धुर जग्गामा आलिसान महल निर्माण भएको र त्यसका लागि करिब एक हजार सहयोगी दाताले न्युनतम रु १० हजार देखि अधिकतम् रु पाँच लाख सम्म सहयोग गरेका भएपनि भवन निर्माणको क्रममा संकलन भएको रकम र खर्च विवरण सार्वजनिक नभएको सहयोगी दाताहरुले गुनासो गरेका छन् ।
कमलामाई नगरपालिका ६ स्थित २ नम्बर बजार भगवती बोर्डिङ स्कुल अगाडि रु ७१ लाख ५० हजारमा १२ धुर जग्गा खरिद गरेर निर्माण भएको भवनमा रड,सिमेन्ट,गिट्टी,बालुवा स्थानीय व्यापारीहरुले सहयोग गरेका र लेभर ज्याला मात्रै संकलन भएको रकमबाट भुक्तानी गरिएको भएपनि संकलन भएको रकम र खर्च भएको रकम विवरण हाल सम्म पनि सार्वजनिक नभएपछि सहयोगी दाताहरुले खर्च विवरण सार्वजनिक गर्न माग गर्न थालेका हुन् ।माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)ले माओवादी केन्द्र सिन्धुलीको पार्टी कार्यालय भवनको उद्घाटन गरेका थिए। चार तले,१४ वटा कोठा,एउटा हल र एक किचन कोठा रहेको पार्टी कार्यालय भवन निर्माण गर्न लाग्ने सबै माल वस्तु स्थानीय व्यापारी व्यावसायीहरुले सहयोग गरेका र करिब एक हजार जना भन्दा धेरै सहयोगी दाताहरुले न्युनतम रु १० हजार देखि अधिकतम् रु पाँच लाख सम्म रकम सहयोग गरेका भएपनि खर्च विवरण सार्वजनिक नभएको एक सहयोगी दाताले गुनासो गरे ।उनले आफुले निर्माण समितिसंग पार्टी कायाृलय भवन निर्माण खर्च विवरण सार्वजनिक गर्न माग गर्दा आफुले सहयोग गरेको रकम फिर्ता दिने धम्की आएको बताए ।
पार्टी कार्यलय भवन निर्माण सम्पन्न गर्न करिब रु दुई करोड १० लाख खर्च अनुमान गरिएको भएपनि सहयोगी दाताहरुबाट कति रकम संकलन भयो ?कती रकम अपुग भयो ?कति रकम खर्च भयो ? वा बचत रह्यो भन्ने सहयोगी दाताहरुलाई नै जानकारी दिन नखोज्नुले आफुलाई सुशासनको चर्काे कुरा गर्ने माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)को नियतमाथी शंका गर्नु पर्ने माओवादी केन्द्र सिन्धुलीका नेता कार्यकर्ताहरुले बताएका छन् ।माओवादी केन्द्र सिन्धुलीका इञ्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालले भवन निर्माण सकिएपछि सबै खर्च विवरण सार्वजनिक गरिने बताएका भएपनि भवन निर्माण भई उद्धघाटन भएको करिब एक वर्ष हुनै लाग्दा सम्म पनि खर्च विवरण सार्वजनिक गरेका छैन्न ।

सम्बन्धित समाचार