चतुर्भुजेश्वर क्याम्पस नै राजनीतिमा प्रवेश,कुनै पनि समिति समावेशी,समानुपातिक छैन

1.9k Shares

सर्लाहीको हरिवन नगरपालिका ९ स्थित रहेको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस राजनीतिमा प्रवेश गरेको छ ।क्याम्पस सञ्चालक समिति,अनुगमन समिति र लेखा सुपरीवेक्षण समितिको पुस १६ गते भएको चयनले क्याम्पस राजनीतिमा प्रवेश गरेको हो ।त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त हरिवन नगरपालिका ९ सुखेपोखरी स्थित रहेको क्याम्पसको सञ्चालक समिति,अनुगमन समिति र लेखा सुपरीवेक्षण समिति पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएपनि सबै राजनैतिक दलहरुले बाँडिचुडी पदिय हैसियत बाँड्दा समावेशि समानुपाति र सबै क्षेत्र तथा वर्ग र लिङ्गको प्रतिनिधित्वत भएन् नै त्यसमा पनि क्याम्पस नै राजनीतिमा प्रवेश गरेको भन्दै केही स्थानीय जानकारहरुले आपत्ति जनाएका छन् 
क्याम्पसको अध्यक्षमा रामशरण उप्रेती(कांग्रेस),उपा अध्यक्षमा ताराराज पन्त(अर्जुन)(माओवादी केन्द्र),कोषाअध्यक्षमा विदुर कुमार प्याकुरेल(एमाले) र सदस्यहरुमा पशुपति कार्की(माओवादी केन्द्र),युवराज लुईटेल(माओवादी केन्द्र),लालचन्द्र उप्रेती(एकिकृत समाजवादी),रामप्रसाद घिमिरे(एमाले),टेकबहादुर बोगटी(कांग्रेस),डोरप्रसाद भट्टराई(कांग्रेस) र दुर्गा प्रसाद उप्रेती(एमाले)बाट निर्विरोध निर्वाचित भए । त्यतिमात्र भएनन् अनुगमन समितिको संयोजकमा चुडामणी वाग्लेनेकपा(एमाले)र सदस्यहरुमा संजिव कुमार लामा (मोक्तान) जनता समाजवादी पार्टी(जसपा)नेपाल),मोहन लाल श्रेष्ठ(माओवादी केन्द्र),राजु शिवाकोटी (एकिकृत समाजवादी पार्टी)र दुर्गाबहादुर कार्की(कांग्रेस)बाट निर्विरोध निर्वाचित भएका हुन भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा भगवान मैनाली(माओवादी केन्द्र),सदस्यहरुमा दिवाकर झा(कांग्रेस) र पोष्ट कुमार लुईटेल(एमाले)बाट निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत गंगा बहादुर भुजेलले  जानकारी दिए ।
सञ्चालक समितिमा पदाधिकारी सहित सदस्यहरु १० जना, अनुगमन समितिमा संयोजक सहित सदस्यहरु पाँच जना र लेखा सुपरीवेक्षण समितिमा संयोजक सहित सदस्यहरु तीन जना निर्विरोध निर्वाचित भएका भएपनि कुनै पनि महिलाहरुका साथै समावेशी तथा समाजसेवी नपरेका भन्दै स्थानीयले महिला तथा अन्य सामाजसेवीहरुले समेत आपत्ति जनाएका छन् ।विद्यालयलाई राजनीति मुक्त बनाउनु पर्नेमा सबै दल मिलेर क्याम्पसलाई नै राजनीतिमा प्रवेश गराए पनि महिलाहरुका साथै समावेशी तथा समाजसेवीहरु समितिमा एकजना पनि नपरेका नेपाली कांग्रेसकी महिला नेतृ सोनी कुमारी बम्जनले बताईन् ।त्यस्तै मधेशी समुदायबाट पनि प्रतिनिधित्व नरहेको र शिक्षा नियमावली  अनुसारको समिति चयन नभएको भन्दै स्थानीय समाजसेवी गौरी महतोले पनि आपत्ति जनाएका छन् ।

सम्बन्धित समाचार