1.6k
Shares
सर्लाहीको बरहथवा नगरपालिका ९ स्थित पैंतालीस बिघामा जंगली हात्तीले घर भत्काएको छ। मंगलबार राती करिब सावाँ २ बजे जंगलबाट आएका दुईवटा हात्तीले स्थानीय अप्सरा ठकुरीको दुई तल्ले काठको घर भत्काएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए ।
रातिको समयमा अचानक आएका हात्तीले घर भत्काउन थालेपछि गाउँभरि हो–हल्ला भएको र घरधनी घरको माथिल्लो तल्लामा लुकेर बसेका कारण मानविय क्षेती नभएको प्रहरीले जनाएको छ । हात्तीले घरभित्रकाे अन्नपात नष्ट गरेकाे छ भने घर भत्किएर ती परिवारको बिचल्ली भएको छ।