गोली चलाउने आदेश नदिएको प्र.जि.अ.धमलाको भनाई

1.7k Shares

सर्लाहीको बरहथवामा अस्पतालको स्तरोउन्नतीको लागि भन्दै भएको प्रदर्शनमा एकजनाको ज्यान गएको छ ।बरहथवा नगरपालिका ६ स्थित रहेको १५ शैयाको प्राथमिक स्वासथ्य केन्द्रलाई स्तरोउन्नती गरी ५० शैयाको प्रादेशिक अस्पताल बनाउने र नबनाउने पक्षविच विवाद उत्पन्न भएपछि नगर प्रमुख कल्पना कुमारी कटुवालको विरोधमा नेपाली कांग्रेसको नेतृत्वमा पाँद दलले शान्तीपुर्ण आन्दोलन सुरु गरेका थिए ।
निरन्तर लिखित तथा मौखिक सुझाब सहित शान्तीपुर्ण प्रर्दशन गरेपनि नगर प्रमुख कटुवालले वेवास्था गरेपछि शुक्रबार बरहथवा बजार बन्द गरी प्रदर्शन गरेका थिए ।सो प्रदर्शनको क्रममा एकजनाको ज्यान गएको छ । प्रदर्शनको क्रममा बरहथवा नगरपालिका ६ का अन्दाजी वर्ष ३० का जय शंकर साहको प्रहरीले चलाएको गोली लागेर ज्यान गएको प्रदर्शनकारीहरुले बताएका छन् ।प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरेर प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद भएपछि प्रदर्शन हुँदा प्रहरीले १९ सेल अश्रुग्यास र १३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
उनले प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले बाध्य भएर १९ सेल अश्रुग्यास र १३ राउण्ड हवाई फायरको साथै मृत्यु भएका साहलाई प्रहरीको गोली लागे नलागेको एकिन नभएको बताए ।मृत्यु भएका साहको शवलाई प्रदर्शनकारीहरुले नियन्त्रणमा राखेर प्रदर्शन गरी रहेका छन् ।जसका कारण पनि प्रहरीले चलाएको गोली लागेको साहको ज्यान गएको हो वा होईन् भन्ने विषयमा एकिन गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक थारुले बताए ।बरहथवा क्षेत्रमा कफुर्य घोषणा गरिएको भएपनि प्रदर्शनकारीहरुले आफ्नो प्रदर्शन रोकेका छैनन् ।
यता,सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आफूले प्रहरीलाई गोली चलाउन आदेश नदिएको बताएका छन् ।“मैले गोली चलाउन अनुमति दिएको छैन ।”प्रमुख जिल्ला अधिकारी धमलाले बताए तर,प्रहरीले आफूले बोकेको हतियार प्रदर्शनकारीले खोस्न खोजेपछि गोली चलाउनु परेको दाबी गरेको छ । प्रदर्शनकारीले हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक प्रवीण धितालले बताए ।
शुक्रबार नेपाली कांग्रेस,जनता समाजवादी पार्टी(जसपा)नेपाल,लोकतान्त्रीक समाजवादी पार्टी(लोपसा)नेपाल र जनमत पार्टीका समर्थकले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ५० शैयाको अस्पताल बनाएर प्रदेशलाई हस्तान्तरण गर्न माग गरेका छन् तर,नगरपालिकाका एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरु हाल सञ्चालित १५ शैयाका प्राथमिक स्वास्थ्य केन्द्र नगरपालिकाले नै चलाउने र प्रदेश स्तरको अर्को अस्पताल बनाउनु पर्ने अडानमा रहेका छन् ।

सम्बन्धित समाचार