हरिवनमा माघ ५ गतेबाट दोश्रो कृषि प्रदर्शनी मेला हुने

1.8k Shares

सर्लाहीको हरिवनमा कृषि अनुसन्धान,उत्पादन तथा कृषि औजार प्रदर्शनी मेला लाग्ने भउको छ ।“मधेस प्रदेशको सान,दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान”भन्ने मुल नाराका साथ आउँदो माघ ५ गते देखि ७ गते सम्म दोश्रो डेरी कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी मेला आयोजना गर्न लागिएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिए ।
उनका अनुसार हरिवन नगरपालिका ११ स्थित सुर्ती विकास खेल मैदानमा हुने दोश्रो डेरी कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी मेलाको कृषि तथा पशु पंक्षी विकास मन्त्री बेदुराम भुसालले उद्घाटन गर्नु हुने भएको छ ।प्रदर्शनी मेलामा कृषि उत्पादनसँग सम्बन्धित औजार तथा डेरी उत्पादन लगायतको प्रदर्शनी हुने गर्ने कृषि प्रदर्शनी प्रचार प्रसार समितिका संयोजक एवम हरिवन नगरपालिका ८ का वडा अध्यक्ष प्रज्वल ढुंगानाले जानकारी दिए । 
उनका अनुसार प्रदर्शनी मेलामा फलफुल,दुग्धजन्य उत्पादन,दल्हन तथा तरकारी उत्पादन लगायतका क्षेत्रमा उत्कृष्ट काम गर्ने किसानहरुलाई पुरस्कृत पनि गर्ने कार्यक्रम रहेको छ ।अघिल्लो वर्ष बैशाखमा भएको प्रर्दशनी मेला यस वर्ष माघमा गर्न लागिएको आयोजकले जनाएको छ ।कृषि प्रदर्शनी मेलामा करिब रु २५ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।हरिवन नगरपालिकाले प्रदेश दुग्ध विकाश बोर्ड,कृषि अनुसन्धान निर्देशनालाय,परवानीपुर वीरगंज पर्सा,कृषि ज्ञान केन्द्र सर्लाही,हेल्बेटास, ईन्दुशंकर चिनि उद्योग र हेफर नेपालसँगको सहकार्यमा कृषि प्रदर्शनी मेला गर्न लागिएको हो ।

सम्बन्धित समाचार