ईश्वरपुरमा निःशुल्क आँखा उपचार एवम अप्रेसन शिविर सुरु

2.6k Shares

सर्लाहीको ईश्वरपुरमा शुक्रबारबाट निःशुल्क आँखा जाँच तथा मोतिया विन्दु अप्रेसन शिविर सुरु भएको छ ।ईश्वरपुर नगरपालिकासँग समन्वय गरी भरतपुर आँखा अस्पतालले आँखा उपचार केन्द्र र नेपाल रेडक्रस सोसाइटी लगायतका संघ÷संस्थाहरुसँग समन्वय गरेर निःशुल्क आँखा शिविर सुरु गरेको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।
शिविर अन्तर्गत पहिलो दिन नगर अस्पतालमा संचालित आँखा उपचार केन्द्रमा भएको आँखा जाँच शिविरमा दुई सय ५५ जनाको आँखा जाँच गराउँदा ८५ जना र हरिपुरको ग्रामीण नारी उत्थान संघ तथा शिवशक्ति सहकारीमा संचालित शिविरमा तीन सय १० जनाको आँखा जाँच गर्दा एक सय १० जनामा मोतिया विन्दु देखिएको आयोजकले जनाएको छ ।
 आयोजकका अनुसार शनिबार शिविर हरिपूर्वा नगरपालिका ५ स्थित केश्वर गरिव जनता माध्यमिक विद्यालयमा हुने छ ।सबै ठाउँका शिविरमा फेला परेका मोतिया विन्दुका बिरामीहरुको अप्रेसन नगर अस्पताल ईश्वरपुरमा पुस २१,२२,२३ र २४ गते गरिने ईश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित समाचार