नगर प्रमुख कटुवालको मनोमानिका विरुद्ध बोल्दा साहको ज्यान गयो,करिब डेढ दर्जन घाईते

3.7k Shares

सर्लाहीको बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालको मनोमानिका विरुद्ध शान्तीपुर्ण आन्दोलन गर्दा एकजनाको ज्यान गएको आन्दोलनरत पक्षको आरोप छ । बरहथवा नगरपालिका ६ स्थित रहेको १५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोउन्नती गरी ५० शैयाको प्रादेशिक अस्पताल बनाउने विषयमा जनप्रतिनिधिहरु विच कुरा नमिलेपछि स्थानीय नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलले शान्तीपुर्ण प्रदर्शन गरेका भएपनि नगर प्रमुख कटुवालको इसारामा प्रहरीले प्रदर्शनकारीलाई उत्तेजित पार्दै गोली चलाएको प्रदर्शनकारीहरुले बताएका छन् ।


उनीहरुका अनुसार प्रहरीले १९  सेल अश्रुग्यास र १३ राउण्ड हवाई फयर गरेको थियो । सो क्रममा बरहथवा नगरपालिका ६ का अन्दाजी वर्ष ३० का जय शंकर साहको घटनास्थल मै ज्यान गएको हो ।प्रदर्शनको क्रममा छ जना प्रहरी र अन्दाजी आठ जना प्रदर्शनकारी घाईते भएका प्रहरीले जनाएको छ ।उक्त विरोध प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले नगरपालिकाको कार्यालयमा ढुङ्गा प्रहार गरे पश्चात भिडलाई नियन्त्रणमा लिनेक्रममा १९ सेल अश्रुग्याँस र १३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
प्रदर्शन चर्किएपछि बरहथवा नगरपालिकाकी नगर प्रमुख कटुवालको सरकारी सवारी साधन र एउटा मोटरसाईकलमा प्रदर्शनकारीहरुले आगजनी र तोडफोड गरेका प्रहरीले जनाएको छ । त्यसपश्चात प्रदर्शनकारीहरुले नगर प्रमुख कटुवालको घरमा आगजनी गर्न खोजेपछि प्रहरीले बाध्य भएर गोली चलाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक थारुले जानकारी दिए ।
उक्त प्रदर्शनमा प्रहरी सहायक हवल्दार सुरोज साह,प्रहरी सहायक हवल्दार राजेश प्रसाद यादव,प्रहरी जवान सुलोचन कुमार यादव,प्रहरी सहायक हवल्दार मुक्तीनाथ धमला,प्रहरी सहायक हवल्दार अर्जुन कुमार पासवान, प्रहरी सहायक निरीक्षक भिखारी लाल यादव घाईते भएका छन् भने प्रदर्शनकारी तर्फ अन्दाजी आठ जना घाईते भएका प्रहरीले जनाएको छ ।त्यस मध्य प्रहरी सहायक निरीक्षक भिखारी लाल यादवको टाउकोमा गंभिर चोट लागेका कारण मलंगवा प्रदेशिक अस्पतालबाट थप उपचारको लागि वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  
यता, स्थानीय प्रशासनले शनिबार बिहान ८ बजे सम्मका लागि शुक्रबार साँझ साँढे ५ बजेबाट कर्फयु घोषणा गरेको छ ।बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड,आगजनी,ढुङ्गामुढा प्रहार,उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले बरहथवा नगरक्षेत्र (उत्तर सोती÷चोर्निया पुल,पश्चिम हजरिया जाने बाटोको नहर,दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सीमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न नपाईने,भेला हुन नपाइने,बाहिर हिलडुल गर्न एवम् अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरि कर्फयु घोषणा गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जाकनारी दिए ।तर स्थानीय प्रशासनले लगाएको कर्फयुलाई वेवास्था गर्दै साहको शव सहित स्थानीय प्रदर्शनकारीहरुले प्रदर्शन जारी राखेका छन् ।

सम्बन्धित समाचार