सर्लाहीको बरहथवा नगरपालिका ६ का अन्दाजी वर्ष ३० का जय शंकर साहको मृत्यु प्रकरणको छानविन गर्न भन्दै नेपाल सरकार गृह मन्त्रालयले तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।बरहथवा नगरपालिका ६ स्थित रहेको १५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोउन्नती गरी ५० शैयाको प्रादेशिक अस्पताल बनाउने र नबनाउने विषयमा विवाद भएपछि सृजना भएको द्धन्द्धमा परी शुक्रबार बरहथवा नगरपालिका ६ का अन्दाजी वर्ष ३० का साहको ज्यान गएको थियो ।
बरहथवा बजारमा होटल सञ्चालन गरी रहेका साहको विद्युतको विल तिर्न जाँदै गर्दा प्रहरीले चलाएको गोली लागेर घटनास्थल मै ज्यान गएको थियो।बरहथवा नगरपालिका नगरकार्यपालिकाको बहुमतले असोज ९ गते बरहथवा नगरपालिका ६ स्थित रहेको १५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोउन्नती गर्न भन्दै मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।तरपछि नगर प्रमुख कल्पना कुमारी कटुवालले सो निर्णय कार्यन्वयन नगर्दा विपक्षी दलहरुले पटक पटक लिखित र मौखिक रुपमा आफुले गरेको निर्णय कार्यन्वयन गर्न नगर प्रमुख कटुवाललाई ध्यानाकर्षण गराएको जनाएका थिए ।
नगर प्रमुख कटुवालले असोज ९ गतेको निर्णय कार्यान्वयन गर्न आनाकानी गरेपछि सुरु भएको शान्तीपुर्ण प्रदर्शन अचानक उग्र भएर नगरपालिकाको कार्यालयमा ढुंङ्गा मुढा गर्न सुरु गरेपछि प्रहरीले १९ सेल अश्रुग्यास र १३ राउण्ड हवाई फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिएका थिए । उनले साहको मृत्यु प्रहरीको गोली लागेर भएको वा अन्य कारणले भएको भन्ने एकिन नभएको र शव प्रदर्शनकारीहरुले नियन्त्रणमा राखेका कारण समस्या भएको बताएका थिए । त्यसपछि झन आक्रोसित बनेको प्रदर्शनलाई शान्त पार्न भन्दै स्थानीय प्रशासनले कर्फयु जारी गरेको भएपनि प्रदर्शन रोकिएन् ।
त्यसपछि प्रधानमन्त्री पक्ष्प कमल दाहाल(प्रचण्ड)को निर्देशनमा नेपाल सरकार गृह मन्त्रालयका सह सचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी गरी तीन सदस्यीय छानविन समिति गठन भएको नेपाल सरकार गृह मन्त्रालयका सह सचिव एवम प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार नेपाल सरकारको तर्फबाट मृतकको परिवारलाई राहत स्वरुप रु दश लाख उपलब्ध गराउने र छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने गरी प्रधानमन्त्री दाहालको निर्देशनमा छानविन समिति गठन भएको र समितिलाई घटनाका सम्बन्धमा सत्य तथ्य छानविन गरी ७ (सात) दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।
यो समाचार तयार पार्दा सम्म ईलाका प्रहरी कार्यालय बरहथवामा सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक प्रवीण धिताल,राष्ट्रिय अनुसन्धानका अनुसन्धान उप निर्देशक सन्तोष ढुंगेल,ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापा,आन्दोलनरत पक्षका प्रतिनिधिहरुका साथै मृतकका मामा बसेर छलफल गरि रहेका छन् ।
छलफलको क्रममा आन्दोलनरत पक्षले आफुहरुका पहिला देखिका नौ बुँदे मागहरु पुरा हुनु पर्ने र अन्दा धुन्द गोली प्रहार भएर घटेको घटनाको सम्बन्धमा सत्य तथ्य छानविन गरि दोषि उपर कडा कार्वाही हुनु पर्ने लगायतका माग राखिरहेका छन् ।बरहथवामा भएको प्रदर्शनमा प्रहरी तथा नगर प्रमुख कल्पना कुमारी कटुवाल पक्षबाट भएको दमनको विरोधमा जिल्लाका विभिन्न स्थानहरुमा प्रदर्शन भई रहेको साथै आफुहरुको माग पुरा नहुँदा सम्म शव उठाउन नदिने भन्दै प्रदर्शनकारीहरुले शव नियन्त्रणमै राखेका आन्दोलन गठबन्धनका एक नेताले जानकारी दिए ।उनका अनुसार बरहथवा नगरपालिकाकी नगर प्रमुख कटुवालको घरलाई कडा सुरक्षा घेराले घेरिएको छ भने बरहथवा क्षेत्रमा अप्रिय खाल्का घटना नहोस भन्नका लागि प्रदर्शनकारीहरु पनि संयमित देखिएका छन् ।सह सचिव गौतम यस अघि सर्लाहीको प्रमुख जिल्ला अधिकारी भएर एक कार्यकाल बसेका थिए ।