सर्लाहीको बरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका बरहथवा नगरपालिका ६ का अन्दाजी ३० वर्षका जयशंकर प्रसाद साहको शव दाहसंस्कार गरिएको छ।बरहथवा नगरपालिका ६ स्थित रहेको १५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयामा स्तरोउन्नती गरी प्रादेशिक अस्पताल बनाउने विषयमा भएको प्रदर्शनको क्रममा प्रहरीले चलाएको अन्दाधुन्द गोलीबाट आफ्नो काम गर्न जाँदै गरेको साहको पुस २० गते घटनास्थल मै ज्यान गएको थियो ।
पुस २० गते शुक्रबार प्रहरीले चलाएको गोली लागेर ज्यान गएका साहको शव आइतवार परिवारले बुझेका थिए त्यसपछि हिन्दु संस्कार अनुसार सोमवार दाहसंस्कार गरिएको पीडित परिवारले जानकारी दिए ।दाहसंस्कार अघि साहको शव यात्रा निकालिएको थियो।शव यात्रा नगर परिक्रमा पछि बागमती नदीको खर्सलबा घाटमा दाहसंस्कार गरिएको परिवारले जनाएका छन् ।साहको पार्थिव शरीरमा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंह लगायत विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता एवम स्थानीय नागरिक तथा आफन्तले माल्यार्पण गरि अन्तिममा श्रद्धाञ्जली व्यक्त गरेका मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिए ।बरहथवामा हाटेल व्यावसाय गर्ने साहको बिजुलीको बिल तिरेर फर्कदै गर्दा प्रहरीले चलाएको अन्दा धुन्द गोली लागेर घटनास्थल मै ज्यान गएको थियो।मृत्यु भएपछि स्थानीय र आफन्तले तीन दिनसम्म साहको शव सडकमै राखेर प्रदर्शन गरेका थिए ।
भने,गोली लागेर मृत्यु भएका साहप्रति श्रद्वाञ्जली व्यक्त गर्दै बरहथवा नगरपालिकाले सोमवार(आज)एकदिन सार्वजनिक बिदा समेत दिएको बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख गरिएको छ । सो सूचनामा नगरपालिका कार्यालय,सबै वडा कार्यालयहरु,शैक्षिक संस्थाहरुका साथै नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी एवम् गैर सरकारी संघ÷संस्थामा सार्वजनिक बिदा दिईएको उल्लेख छ । ११ बुँदे माग राखेका आन्दोलनरत पक्ष,पीडित परिवार र स्थानीय प्रशासन विच सहमती भएपछि मृतक साहका परिवारले शव बुझेका थिए ।