गाउँ सभा नगरेपनि चन्द्रनगरले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने,अध्यक्ष महतोको झुट टिकेन

1k Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले गाउँ सभा नगरेपनि सामाजिक सुरक्षा प्रदान गर्ने भएको छ ।आन्तरीक विवादका कारण चालु आर्थिक वर्षको छ महिना सकिनै लाग्दा पनि गाउँ सभा गर्न नसकेको गाउँपालिकाले सामाजिक सुरक्षा भक्ता वितरण गर्ने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकी अधिकृत मदन बहादुर थापाले जानकारी दिए ।
उनका अनुसार कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीसंगको समन्वयमा पिएफटी प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको हो ।जिल्लाका अन्य स्थानीय तहहरुले हिउँदे अधिवेशनको तयारी गरी रहेका भएपनि चन्द्रनगर गाउँपालिका र हरिपुर्वा नगरपालिकाले चालु आर्थिक वर्षको नगर सभा गरेर वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेका छैनन् ।जसका कारण स्थानीय विकास निर्माणको काम प्रभावित हुनुका साथै सामाजिक सुरक्षा  भत्ता लिने लाभग्राहीहरु र कर्माचारीहरुले तलबभक्ता खान पाएका छैनन् ।
चालू आर्थिक वर्ष २०८०÷०८१ को हाल सम्मपनि सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै चन्द्रनगर गाउँपालिका भरीका सबै सात वटै वडाका वृद्धवृद्धाहरु गाउँपालिका कार्यालयको  प्राङ्गणमा जम्मा भएपछि चन्द्रनगर गाउँपालिकाकी उपा अध्यक्ष गीतादेवी महतोले कोष तथा लेखानियन्त्रक कार्यालयसंग समन्वय भई सकेको र चाँडै सामाजिक सुरक्षा भक्ता वितरण गरिने बताइन् ।उनका अनुसार गाउँपालिकाको चालू आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको भए पनि कोष तथा लेखा नियन्त्रण कार्यालय  सर्लाहीसंग समन्वय गरि लाभग्राहीहरुको तथ्यांकअनुसार  सामाजिक सुरक्षा भत्ता सिधै खातामा पठाउन सकिने व्यावस्था रहेको र सोही अनुसार काम गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन समेत दिएको बताइन ।
पटक पटक जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयसंग समन्वय गर्दै  निरन्तर र अथक प्रयास पश्चात गाउँपालिका भित्रका वृद्धवृदा,एकल महिला,दलित,विपन्न र अपाङ्गता भएको व्यक्ति र बालबालिकाले पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बाटो खुलेको गाउँपालिकाकी उपा अध्यक्ष महतोले बताइन् ।
गाउँ सभा नभएपनि कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीले महालेखा नियन्त्रकको कार्यालयसंग समन्वय गरी पिएफटी प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकिने बाटो खुलाएपछि गाउँपालिकाका छ हजार दुई सय लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न बाटो खुलेको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख एवम कोष नियन्त्रक निर्मल न्यौपानेले जानकारी दिए । 
उनले गाउँपालिका तथा नगरपालिकाको गाउँ सभा तथा नगर सभा नभए पनि पिएफटी प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकिने भएकाले सोही अनुसार चन्द्रनगर गाउँपालिकाका ७ वटै वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको हो ।गाउँपालिका अध्यक्ष राजकुमार महतोले सामाजिक सञ्जालहरुमा भ्रमको खेती गरेको भएपनि वास्तविकता चन्द्रनगर गाउँपालिकाका जनताले सबै बुझि सकेका चन्द्रनगर गाउँपालिका ३ का वडा अध्यक्ष सिताराम महतोले बताए ।उनका अनुसार माओवादी केन्द्र चन्द्रनगर गाउँ कमिटिका अध्यक्ष लोकेन्द्र मुखिया समेतको पहलमा लामो समयदेखि आशमा बसेका लाभग्राहीहरुले सामाजिक सुरक्षा भक्ता पाउने भएका हुन ।
उपा अध्यक्ष गीतादेवी सहित गाउँपालिका गाउँकार्यपालिकाका १३ जनाले संयुक्त रुपमा सामाजिक सुरक्षा भक्ता खुवाउन पहल गरेका थिए ।१५ जना कार्यापालिका सदस्य रहेको चन्द्रनगर गाउँपालिकामा १३ जना  उपा अध्यक्ष गीतादेवीको पक्षमा छन् भने दुई जना गाउँपालिका अध्यक्ष राजकुमार महतोको पक्षमा रहेका छन् ।
यता, हरिपुर्वा नगरपालिकामा पनि लामो समयपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर हुनु भएको छ ।उप सचिव शम्भु प्रसाद यादव हाजिर हुनु भएको र हिउँदे अधिवेशनका साथै नगर सभा एकै पटक सकाउने दाउमा हरिपुर्वा लागेको छ ।२० वटा पालिका रहेका जिल्लामा चन्द्रनगर गाउँपालिकामा स्थानीय जनप्रतिनिधिहरु विचको विवाद र हरिपुर्वा नगरपालिका स्थानीय जनप्रतिनिधि र प्रतिनिधि सभा सदस्य विच जुाघाको लडाई हुँदा गाउँ सभा तथा नगर सभा  हुन सकेको छैन् ।

सम्बन्धित समाचार