बढ्दै छ वर्षेनी गाँजा खेती,प्रहरीले गरेको गाँजा फडानीको प्रभाव शुन्य

1.9k Shares

पछिल्ला बर्षहरुमा  सर्लाहीको नारायण खोला र सिन्धुलीको हरिहरपुर गढी तथा मरिण क्षेत्रमा गाँजा खेती निरन्तर बढ्दै गईरहेको छ ।प्रहरी प्रशासनको नियन्त्रण अप्रेशन निरन्तर जारी रहेको भएपनि गाँजा खेती गर्नेहरुको संख्यामा कमि आउन सकेको छैन ।सर्लाहीको लालबन्दी नगरपालिका १४,इश्वरपुर नगरपालिका १२ तथा हरिवन नगरपालिका १ र २ का साथै सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिकाका विभिन्न वडाहरुमा गाजाँ खेती हुँदै आईरहेको छ ।
गाँजा खेती नियन्त्रणका लागी प्रहरीले बर्षेनी गाँजाखेती फडानी गर्ने गरेको भएपनि गाँजाखेती गर्नेहरुलाई भने प्रहरीले नियन्त्रणमा लिने गरेको छैन । गाँजा कसको जग्गामा लगाईएको हो त्यो कुरा प्रहरीलाई जानकारी भएपनि प्रहरीले उनीहरुलाई पक्राउ गर्ने वा कानुनी दायरामा ल्याउने कार्य गर्न सकेको अवस्था छैन ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी टोलीले लालबन्दी नगरपालिका १४,इश्वरपुर नगरपालिका १२ तथा हरिवन नगरपालिका १ र २ र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी टोलीले मरिण र हरिहरपुरगढी क्षेत्रबाट बर्षेनी गाजाँ सहित व्यक्तिहरु समेत नियन्त्रणमा लिने गरेको छ तर पनि उक्त क्षेत्रका स्थानीयहरु गाजाँ खेती गर्ने कार्यमा निरुत्साहित बनेको अवस्था छैन ।
बाहिरका व्यक्तिहरु गाउँपालिका क्षेत्रमा आएर जग्गा भाडामा लिएर गाँजा खेती गर्ने गरेको र जग्गाको भाडा बढी पाईने भएकाले स्थानीयले जग्गा दिने गरेको एक स्थानीयले बताए ।स्थानीय जनप्रतिनिधिहरुलाई समेत यो विषय थाहा भएपनि राजनीतिका कारण त्यसलाई नियन्त्रण गर्न ध्यान नदिएको स्थानीयको भनाई छ ।“गाँजा खेती गर्ने वा जग्गा भाडामा दिनेहरु विभिन्न् दलका कार्यकर्ताहरु नै छन त्यसैले पनि जनप्रतिनिधिहरु त्यसलाई नियन्त्रण गर्ने तर्फ ध्यान दिदैनन् ।”एक स्थानीयले बताए ।
स्थानीय स्तरमा हुने गाँजा खेती नियन्त्रणका लागी प्रहरीले नष्ट गरेर मात्र सम्भव नहुने र नागरिकहरुमा अबैद्य खेती हो र यसको खेती तथा कारोबार गर्दा कानुन अनुसार कार्वाही हुन्छ भन्ने चेतना विस्तार गर्न सकेमा मात्र नियन्त्रणमा आउन सक्ने एक जानकारले बताए ।कानुन अनुसार गाँजा खेती गर्नेहरुलाई नियन्त्रणमा लिने देखी सरकराले जग्गा जफत गर्ने सम्मको व्यवस्था भएपनि प्रहरीले अहिले सम्म गाँजा खेती गर्ने एकजना व्यक्तिलाई पनि नियन्त्रणमा लिएर कार्वाही गरेको वा मुद्धा चलाएको उदाहरण छैन ।भारतीयहरुको लगानीमा स्थानीय व्यक्तिहरुले बर्षेनी नारायण खोला,शिरकालीन्जोर,घारी बथान,गुईडुङका साथै मरिण र हरिहरपुरगढी क्षेत्रमा गाँजा खेती गरिरहेको भएपनि प्रहरीले फडानी गर्ने बाहेक अन्य कार्वाही र मुद्धा सञ्चालन गर्न सकेको अवस्था छैन ।
गाँजा खेती बढ्दै जाँदा नारायण खोला,शिरकालीन्जोर,घारी बथान,गुईडुङका साथै मरिण र हरिहरपुरगढी क्षेत्रका युवाहरु दुव्र्यसनीमा लागेका समेत जानकारहरुको भनाइ छ । युवाहरु अबैद्य गाँजा ओसार पसार देखी सेवन सम्मका गतिविधीमा संलग्न हुँदा सामाजिक सद्भाव समेत बिग्रदै गएको स्थानीय बताउछन । नारायण खोला,शिरकालीन्जोर,घारी बथान,गुईडुङका साथै मरिण र हरिहरपुरगढी क्षेत्रमा विभिन्न राजनैतिक दलका नेता तथा जिम्मेवार कार्यकर्ताहरु समेत गाँजाको अवैद्य कारोबारमा जोडिएका पाइएको छ ।
चाँडै आर्थिक आम्दानी गर्ने लोभमा स्थानीयले जग्गा भाडामा दिने देखी आफै गाँजा खेती गर्ने तथा युवाहरु ओसार पसारमा संलग्न हुने गरेको समेत पाइएको छ ।प्रहरीले सबैपक्षको सहयोगमा कानुन अनुसार कार्वाही गर्ने बिषयलाई कडाईका साथ लिन सकेमा गाँजा खेती नियन्त्रण हुन सक्ने स्थानीय जानकारहरु बताउछन

सम्बन्धित समाचार