काठमाण्डाैँबाट पक्राउ परेका बम्जन विरुद्धको मुद्दाको सुनुवाइ सर्लाही अदालतमा सुरु

1.9k Shares

हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीमा पेश गरिएकोछ ।जिल्ला अदालत,सर्लाहीबाट बम्जनविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नावय उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए  ।
जिल्ला अदालत सर्लाहीका न्यायधिश विष्णु रेग्मीको इजलासमा बम्जनविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
उनका अनुसार बम्जन विरुद्ध हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)ले मंगलबार बुढानिलकण्ठ स्थित हात्तीगाैडामा रहेको बम्जनकाे घरैबाट पक्राउ गरेकाे थियाे । 
बम्जनलाई आदालतमा पेश गरेपछि उनका अनुयायीहरु अदालत अगाडि जम्मा भएका छन् भने सुरक्षा व्यावस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार