पत्रकारीताको १५ वर्ष पुराःयस्तो पो पत्रकार भन्ने उद्धाहरण बन्न सकु,

2.1k Shares

समाचारको मुद्धामा काम गर्ने क्रममा नखाएका ननिदाएका,घरबाट फिल्ड जाने क्रममा घरपरिवार चिन्तीत,पीडितको पक्षमा काम गर्दा पीडिकबाट विभिन्न किसिमका धम्की,अगाडि बढेको देख्न नसक्नेहरुबाट विभिन्न किसिमका चरित्र हत्या गर्ने,मुद्धा मामिला पर्ने,तराइको क्षेत्रमा फिल्डमा काम गर्न चुनौतीहरु पनि त्यतिकै,सामान्य साप्ताहिक कार्यक्रम सञ्चालकको रुपमा मिडियामा प्रवेश गरेको म,अहिले नेपाल सरकारको सरकारी सञ्चार राष्ट्रिय समाचार समिति(रासस) र नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजनका लागि पनि सर्लाहीबाट रिपोर्टिङ गरि रहेको छु भने कमलामाई मिडिया प्राली नामक सञ्चार गृहको सञ्चालक समेत भएको छु ।राजनीतिक हिसाबले नेकपा(माओवादी केन्द्र)को शुभेच्छुक संगठन प्रेस सेन्टर नेपाल जिल्ला समनवय समिति सर्लाहीको अध्यक्ष भएको पनि २ वर्ष पुरा भएर ३ वर्ष प्रवेश गरेको छ भने कमलामाई मिडिया प्रा.लि पनि आजैका दिनबाट ३ वर्ष पुरा गरेर ४ वर्षमा प्रवेश गरेको छ ।

त्यसअघि पनि अन्य विभिन्न राष्ट्रिय मिडियाहरुमा जिम्मेवारीमा रहेर काम गरेको भएपनि मेरा लागि निश्पक्ष पत्रकारीता गर्नु,दुरदराजका नागरिकका आवाज मिडिया मार्फत बुलन्द पार्नु पनि सहज थिएन तर आफ्नो जिम्मेवारीलाई सफलता पुर्वक पुरा गर्दै आजैबाट पत्रकारीताको १६ वर्ष पुरा गरेको छु।पत्रकार संगठन भित्र हक्की,लिडर र इमानदार अफिसर तथा रिपोर्टरको छवि बनाएर काम गर्दै गर्दै १५ वर्षे पत्रकारीताको अवधि पुरा भएको पत्तै पाइन ।
कार्यक्रम प्रस्तोता हुदैँ,क्रमागत रुपमा समाचार वाचक,कार्यक्रम प्रमुख,समाचार सहायक,समाचार प्रमुख हुदै सामुदायिक रेडियो मध्य तराईको स्टेशन मेनेजर समेत भई काम गरेको अनुभव बटुलेको म,वि.सं. २०६५ साल पुष २७ गते अर्थात आजैको दिनबाट पत्रकारीता पेशामा प्रवेश गरेको थिएँ।सानै उमेर देखि बोल्न नडराउने म परिवारको जेठो छोरो हुँ ।सानैदेखि मेरो चाहना संचारकर्मी बन्ने वा स्वास्थ्यकर्मी बन्ने थियो ।संयोग दुवै कुरा सफल भए।हप्तामा एउटा कार्यक्रम संञ्चालकबाट पत्रकारीता क्षेत्रमा प्रवेश गरेको करिब ९ वर्षको अवधिमा एउटा सामुदायिक रेडियोको स्टेशन मेनेजर बन्ने इच्छा पुरा भएको थियो । 
सामान्य रहनसहन र सामान्य नेपाली खानामा रमाउने म भातै खान वा बाँच्नकै लागि पत्रकारीता गर्नु पर्ने बाध्यतामा थिईन् र छैँन् पनि सधैँ लो प्रोफाईलमा रमाउने मलाई रंगिन बजार खासै मन पर्दैन्।पहिले नियमित फुटबल र ब्याडमिन्टन खेल्ने गर्थेँ पेशाका कारण समय र अवसर अनुसार ठाउँ परिवर्तन गरि रहने भएका कारण अहिले त्यो परिस्थिती मिलेको छैन । आवश्यकता अनुसार रातभर पनि जागराम बसिन्छ,दिनभर पनि सुतिन्छ।खाने लाउने यस्तै भन्ने छैन जे जस्तो भएपनि हुन्छ ।पहिला देखिनै खासै अध्ययन नगर्ने विद्यार्थी म झन अहिले समय अभावका कारण अध्ययन गर्न पाएको छैन।फुर्सदमा राजनैतिक तथा पत्रकारीता र सामान्य ज्ञानसंग सम्बन्धीत किताबहरु पढ्ने गर्छु । 
काम नै फिल्डमा हो घुमघाम मन परे नपरे पनि फिल्डमा जानै पर्छ ।बाहिर हिडडुल गर्न त्यति मन पर्दैन तर बाध्यता छ ।म कामले गर्दा प्रायःफिल्डमै हुन्छु।त्यसमा पनि प्राय पाहाडी तथा दुर्गम र दुरदराजमा काम गर्न मन लाग्छ ।प्राकृतिक सौन्दर्यले भरिएको देशका विभिन्न भूभाग नियाल्दै पैदल यात्रा र रिपोर्टिङ गर्न मनलाग्छ ।देशको अति दुर्गममा गएर पत्रकारीता गर्ने रहन बाँकी नै छ।स्कुल अध्ययनको समय निकै कष्टपुर्ण थियो।भौगोलिक विकटताका कारण करिब डेढ घण्टा हिडेर विद्यालय जानु पर्ने बाध्यता थियो ।मैले गाउँमा कक्षा ५ सम्म र अलिपर तर घरबाट नै माध्यामिक शिक्षा हासिल गरेँ।त्यसपछि गाउँ भन्दा बाहिरको विद्यालयबाट उच्च शिक्षा हाँसिल गरेको छु ।
चलचित्रको क्षेत्रमा मलाई खासै मन पर्दैन नेपाली क्रान्तीकारी,फाइट भएका बम,बारुद पड्किने फिल्महरु कोठामै बसेर हेर्छु।पछिल्लो समय हेरेको चलचित्र लाल सलाम,रातो झण्डा,क्रान्ती र भैरव हो।म सानै देखि अलि छुच्चो स्वभावको थिएँ।धेरै झगडाहरु पनि गरियो।समाजमा अराजकत्व फैलाउनेहरुलाई निर्मुल पार्नु मेरो उद्देश्य हो र त्यो समाजलाई असर नपर्ने गरि समाजका कलंकहरुलाई निमोठ्न मन लाग्छ ।
त्यसैले पनि म पत्रकार नभएको भए सामज सुधारका लागि गाउँका सामाजका सामान्य अर्थात सर्वहारा मानिसहरुको साथमा रहेर सामन्त,शोसक,दलाल,पुजिवादीहरु र भ्रष्टहरुका विरुधमा लागि रहेको हुन्थेँ होला ।भगवानको कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन ।
विद्यार्थी जीवनमा साथीभाइ,आफन्त मलाई रफ बोल्छ भन्थे,गुण्डा शैलीको छ भन्थ्ये ।पत्रकारीतामा आएपछि अलि शिष्ट भईयो आवश्यकता अनुसार शिष्ट,नरम र स्पष्ट बोल्छु जस्तो लाग्छ।कसैले बदमासी गरेको छ भने कुनै हालतमा पनि त्यस प्रकारका गतिविधिहरु स्वीकार नगर्नु मेरो विशेषता हो र अरूले पनि त्यस्तै गतिविधिहरु गरुन भन्ने लाग्छ ।
म कसैलाई ज्यू हजुरी गर्दीन र त्यस प्रकारका गतिविधिहरु मन पनि पर्दैन् ।व्यावसायीक पत्रकारीता मेरो कर्म र धर्म हो । वि.सं.२०६५ पौष २७ गते म नेपाली पत्रकारीतामा आबद्ध भएको थिए।अहिले यो यात्रा १५ वर्ष पुरा गरेर १६ वर्षमा प्रवेश गरेको छ र निरन्तर जारी छ ।सुरुमा कार्यक्रम सञ्चालकको रूपमा प्रवेश गरेको थिए ।अहिले देशका विभिन्न भूभागमा काम गर्दै सामुदायिक तथा व्यावसायीक रेडियोहरु,छापा तथा अनलाईन मिडियाहरुमा काम गरेको अनुभव छ ।
पत्रकारहरुको शान त्यसमा पनि ईमान्दार पत्रकारको अभावलाई परिपुर्ती गर्न म पनि पत्रकारीता क्षेत्रमा लागे।सो समयमा म हप्ताको १ वटा कार्यक्रम चलाउथेँ ।समस्यामा परेकालाई न्याय दिलाउने काम गर्न प्रयास गर्थे।त्यसरी पत्रकारीतामा  होमिएको मैले आजको दिनसम्म पत्रकार भएकोमा आफुले कुनै गल्ती गरेको महसुस भएको छैन् ।पत्रकारीता गर्ने क्रममा पुर्वाञ्चाल कै पहिलो सामुदायिक रेडियो सोलु एफएम सल्लेरी सोलुखुम्बुमा गएपछि नेपाल सरकारको स्वास्थ्यकर्मी भएर सेवा गर्ने अवसर मिलेको थियो ।त्यहा रहँदा दुवै क्षेत्रलाई निरन्तरता दिए।पछि समाचार प्रमुख भएपछि म गोर्खाको सामुदायिक रेडियो मनकामना एफएम गएपछि मेरो स्वास्थ्य क्षेत्रको यात्रा रोकियो।पत्रकारीता गरेर घर बनाउने,घडेरी किन्ने सवारी किन्ने ऐस आराम गर्ने सोच छैन र कमिसनको भरमा पर्नेछैन साथै समाचार लेख्ने क्रममा देखेका कुरालेख्ने चलन छ।सुनेका कुरा वास्तविकता केहो भनी बुझेर मात्र समाचार तयार पार्छु।समाचार लेख्ने क्रममा नलेख्न दवाव दिएको मन पर्दैन तर सुझाव ग्रहण गर्छु र पछिल्लो समयमा समाचार नलेख्न कुनै दवाव वा प्रभाव पनि आएको छैन् ।
पत्रकारीता क्षेत्रमा भएको कारणले परिवारलाई समय दिन पाएको छैन्।परिवारको सधैँ यही गुनासो रहन्छ।पत्रकारीता क्षेत्रमा चुनौतीहरु धेरै छन्।व्यावसायीक पत्रकारहरुको हत्या,पत्रकारहरुमाथी आक्रमण लगायतका समस्याहरु कुनै नयाँ होईन्।भ्रष्टाचार,अन्याय अत्याचार विरुद्ध डटेर सामना गर्ने बानी परि सकेको छ तर जुन सञ्चार माध्यामका लागि मेहनत गरेर ज्यान धरापमा राखेर काम गरिन्छ त्यही सञ्चार माध्यामले समयमा पारिश्रमिक नदिने र समस्या पर्दा साथ नदिँदा दुःख लाग्छ ।
कुनै पनि पेशामा जोडिएपछि त्यो पेशाको माथिल्लो तहसम्म पुग्ने सपना सबैको हुन्छ ।त्यो ममा पनि छ।त्योभन्दा ठूलो सपना एउटा सफल र असल पत्रकार बन्नु हो ।देश र जनताको सेवामा निश्पक्ष रूपमा लागि स्थापित हुने र पहिचान बनाएर सेवाबाट अवकास पाउने चाहना सबैमा हुन्छ ।काम गर्ने क्रममा पदिय हैसितको मतलब पनि छैन कहिले सानो त कहिले ठुलो आखिर नागरीकको सेवा नै गर्ने हो।आफ्नो जिम्मेवार एरियाभित्र कोही अन्यायमा नपरोस,परिहालेछ भने पीडितलाई के सहयोग गर्न सकिन्छ तत्काल सहयोग  गर्न सकौँ ।गरीब,विपन्न,निमुखा,महिला,दलित,अनाथ,ज्येष्ठ नागरिक,बालबालिका र शारिरीक रुपमा अशक्त मानिसहरुको न्यायका लागि छिटो छरितो काम गर्न सकौँ भन्ने लाग्छ।पत्रकारीताको धर्मलाई साँची राखेर सरोकारवाला निकाय समक्ष त्यस्ता समस्या पुर्याउने प्रयास जारी रहयो र रहि रहने छ ।
एउटा रुँदै आएको पीडितको न्यायका लागि छिटोभन्दा छिटो सकेको सहयोग गर्न पाएपछि पीडितको अनुहारमा देखिने हाँसो वा खुसी त्यो मेरो पनि खुसी हो।अन्याय ,अत्याचार,भ्रष्टाचार,घुसखोर,कालोबजारी,पक्षपातीको मलाई देख्ना साथ शिर निहुरीएको देख्दा  त्यो मेरो जीवनको सबैभन्दा ठूलो खुसी हो भन्ने लाग्छ।अहिले सम्म पत्रकारीता पेशा गरेर एक रुपैँयाँ पनि कमाएर घरमा दिएको छैन किनकी सामान्य खान लाउन नपुगेर पत्रकारीता पेशा रोजेको होइन्।त्यसमा पनि म जहाँ काम गर्छु त्यहाँ न्युनतम पारिश्रमिक समेत पाउदीन ।सञ्चार गृहहरुले श्रम शोषण गरिरहेका छन् । 
काम गर्ने क्रममा केही कमिकमजोरीहरु भएका होलान् तर आफूलाई पछुतो हुने खालको कमिकमजोरी केही गरेको छैन।पहिले अध्ययनमा मिहिनेत गरिनँ।अरुलाई चाँडैँ विश्वास गरेँ,त्यो मेरो कमिकमजोरी हो भने कुनै सञ्चार गृहको जिम्मेवारीमा रहँदा तानाशाही तथा हिटलरी व्यावहार देखाँए तर पनि त्यो संस्थाको लागि थियो।मन्दिर जान्छु तर पूजा गर्न होइन,दर्शन गर्न,देशका करिब चर्चीत सबै मन्दीरमा पुगिसेको छु तर पीडितको न्यायका लागि छिटोभन्दा छिटो सकेको सहयोग गर्न पाउँ,पीडितको अनुहारमा हाँसो वा खुसी ल्याउन पाउँ,अन्याय,अत्याचार,भ्रष्टाचारी,घुसखोर,कालोबजारी,पक्षपातीको भण्डाफोर गर्न पाउँ र एउटा वास्तविक पत्रकारको परिचय बनाउन सकँु मन्दीरमा गएर यही माग्ने गरेको छु।मृत्यु प्राकृतिक नियम नै हो।यसलाई सहज रूपमा हेरेको छु।मृत्युसँग डर कहिल्यै छैन। 
अन्त्यमा 
मलाई जन्म दिएर यस धर्तीमा ल्याउने बा,आमा,मेरो जीन्दगीको यात्राको सफल सहयात्री,मेरो अराजक गतिविधि सुर्धान विभिन्न जिम्मेवारी दिने सरकारी सञ्चार माध्याम राष्ट्रिय समाचार समिति(रासस) र सगरमाथा टेलिभिजन लगायत अन्य नीजि सञ्चार गृहहरु,तीनका सञ्चालकहरु,पत्रकारीता पेशामा आवद्ध हुन प्रेरीत गर्नु हुने सिन्धुलीका आदरणीय दाई कृष्ण अधिकारी,समाचार लेख्न पढ्न सिकाउने ओखलढुंगाका पुर्ण प्रसाद न्यौपाने,विभिन्न पदिय हैसियतमा रहेर काम गर्ने अवसर सुजना गरि दिने स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यामहरु र तीनका सञ्चालकहरु ,पत्रकारीताको क्रममा यात्रामा जोडिनु भएका म भन्दा अग्रह दाजु दिदीहरु तथा सहयात्री साथीहरु,निश्पक्ष समाचार लेखेको भन्दै रिसाउने भ्रष्टाचारी,दलाली,घुसखोरी,कालोबजारी,शोसक र  सामन्तहरु,मलाई माया गर्ने,घृणा गर्ने साथै आफु प्रगति पनि नगर्ने र अरुले केही गर्न खोज्यो भने खुट्टा तान्ने,विभिन्न निकायहरुमा उजुर बाजुर गर्नेहरु सबै सबैलाई र अन्त्यमा काम गराउन जान्ने तर पारिश्रमिक दिन नजान्ने सञ्चार माध्यामहरु र त्यसका सञ्चालकहरुलाई विशेष सम्झीएको छु ।चुनौतीको सामना गर्दै निरन्तर पेसागत रुपमा पत्रकारीता गरिरहने छु।सत्य,तथ्य र निश्पक्ष विषयहरुका साथै दुरदराज मेरो पहिलो रोजाई हो र निरन्तरता दिईरहने छु ।

शंखर पहाडी(गौरब):सञ्चालक एवम अध्यक्ष  :कमलामाई मिडिया प्रा.लि,अध्यक्ष : प्रेस सेन्टर नेपाल सर्लाही,सम्वाददाता :राष्ट्रिय समाचार समिति(रासस) र सगरमाथा टेलिभिजन सर्लाही,

सम्बन्धित समाचार