सर्लाहीको बागमतीमा नेपाल आँखा शिविर माघ १० देखि १२ गते सम्म सञ्चालन गर्न नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं वीच सम्झौता

2.3k Shares

सर्लाहीको बागमती नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं वीच बागमतीमा अत्याधुनिक प्रविधि सहितको आँखा शिविर सञ्चालन गर्न सम्झौता भएको छ ।बागमती नगरपालिकाकी नगर उप प्रमुख लिला कुमारी मोक्तान र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका प्रतिनिधिहरु वीच भएको सम्झौतामा तिलगंगा आँखा प्रतिष्ठानले नेपाल आँखा कार्यक्रम माघ १० देखि १२ गते सम्म बागमती नगरपालिकामा सञ्चालन गर्ने उल्लेख गरिएको बागमती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
पटक पटकको छलफल पछि तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंले अत्याधुनिक प्रविधि सहितको आँखा शिविर बागमतीमा सञ्चालन गर्ने सहमती भएको थियो । सोही अनुसार नेपाल आँखा कार्यक्रम माघ १० देखि १२ गते सम्म बागमती नगरपालिकामा सञ्चालन गर्ने विषयमा सम्झौता गरिएको नगर उप प्रमुख मोक्तानले जानकारी दिईन् ।
जनताका हरेक सरोकारका विषयमा गफ होईन् काम गरेर देखाउने नमुना स्थानीय तहको रुपमा रहेको बागमती नगरपालिकाले केही समय पहिला स्वास्थ्य चौकी कर्मैयामा प्रविधियुक्त प्रयोगशाखा सञ्चालनमा ल्याएको थियो भने तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको अत्याधुनिक प्रविधि सहितको तिलगंगा आँखा अस्पतालको शाखा संचालनमा ल्याउने पहल गरि रहेको छ ।
केही महिना पहिला नगरपालिकाको आयोजनामा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा नगरभित्रका सबै वडाहरुमा निःशुल्क घुम्ती आँखा शिविर समेत सञ्चालन भएको नगर स्वास्थ्य शाखाका प्रमुख पदम रायमाझीले जाकनारी दिए ।उनका अनुसार आँखाका समस्या भएका बिरामीहरु अत्याधिक देखिएका कारण बागमती मै शाखा सञ्चालनको लागि तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंसंग पटक पटक छलफल भएको थियो ।

सम्बन्धित समाचार