साहकाे सम्झनामा भाेलि(मंगलबार) बागमतीमा शाेक बिदा

2.3k Shares

सर्लाहीको बागमती नगरपालिकाले मंगलबार(भाेली) शोक बिदा दिएको छ ।यही पुस २० गते बरहथवा घटनामा प्रहरीले चलाएकाे गोली लागेर मृत्यु भएका बागमती नगरपालिका ९ निवासी  जयशङंकर साहकाे  १३ औं दिनको पुण्य तिथीको दिन मंगलबार(भाेल) बागमती  नगरपालिकाले  शाेम  बिदा घाेषणाा गरेकाे हाे ।


नगरपालिका मातहतका सबै कार्यालय र संघ/संस्था र वडा कार्यालयहरु बन्द रहने नगर प्रमुख भरत कुमार थापाले शोक विज्ञप्ती जारी गरी जानकारी गराएका हुन् । बरहथवा नगरपालिका ६ स्थित रहेकाे १५ शैयाकाे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तराेउनन्नी गरि ५० शैयाकाे प्रादेशिक अस्पताल बनाउने क्रममन सुरु भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको थियो ।

बरहथवा नगरपालिका-६ र बागमती नगरपालिका -९ दुवैतर्फ घर भएका साहले बरहथवा बजारमा होटल र दाना व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

 

सम्बन्धित समाचार