बरहथवामा गोलि चलाउने बरिस्ठ हबल्दार यादवलाई बर्खास्ता गर्न माग

1.8k Shares

सर्लाहीको बरहथवा घटनामा गोली चलाएका बरिष्ठ हवल्दार सोनेलाल यादवलाई बर्खास्त गर्न छानविन समितिले सिफारिस गरेको छ ।१५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोउन्नती गरि ५० शैयाको प्रादेशिक अस्पताल बनाउने विषयमा भएको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोलि लागेर बरहथवा नगरपालिका ६ का जय शंकर प्रसाद साहको  घटनास्थल मै ज्यान गएको थियो । त्ससपछि गृह मन्त्रालयले तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । सो समितिले प्रदर्शनमा गोलि चलाउने बरिष्ठ हवल्दार यादवलाई सेवाबाट हटाउन सिफारिस  गरेको हो ।

गत पुस २० गते  बरहथवामा भएको प्रदर्शन अनियन्त्रित भए पछि प्रहरीले गोलि चलाउदा बरहथवा नगरपालिका ६ का साहको मृत्यु भएको थियो ।सो घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको थियो । गौतम नेतृत्वको समितिले प्रहरी बरिस्ठ  हवल्दार यादवले चलाएको गोली लागेर साहको मृत्यु भएको निष्कर्ष निकाल्दै गोली चलाउने बरिष्ठ हवल्दार यादवलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरेको हो ।

सात दिनको समय पाएको समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठ(प्रकाश)लाई बुझाएको प्रतिवेदनमा गोली चलाउने प्रहरी बरिष्ठ हवल्दार यादवलाई नै सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको जनाएको छ । सरकारले मृतकका परिवारलाइ रु १० लाख दिने घोषण समेत गरेको थियो तर मान्छे ताकेर गोली हानेको नभई भिड नियन्त्रण बाहिर गएपछि हवाई फायर गरेको प्रहरी अधिकारीहरुले दावी गरेका थिए ।

सम्बन्धित समाचार