प्रहरीले चलाएकाे गाेलि लागेर मृत्यु भएका साहकाे सम्झनामा प्रदेश सभा सदस्य कुशवाह र नगर प्रमुख थापाद्वारा श्रद्धाञ्जली व्यक्त

2.4k Shares

सर्लाहीको बरहथवामा प्रहरीले चलाएकाे गाेलि लागेर ज्यान गएका युवाकाे सम्झना श्रद्धाञ्जली व्यक्त गरिएको छ । बागमती नगरपालिका ९ र बरहथवा नगरपालिका ६ घर भएका अन्दाजी २४ वर्षिय जय शंकर साहकाे पुस २० गते प्रहरीले चलाएकाे गाेलि लागेर घटनास्थल मै ज्यान गएकाे थियाे । उनकाे १३ औँ दिनकाे पुण्य तिथिमा सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा (क) का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाह र बागमती नगरपालिकाका नगर प्रमुख त कुमार थापाले बागमति नगरपालिका ९ स्थित साहकाे घरमै पुगेर श्रद्धाञ्जली व्यक्त गरेका नगर प्रमुख थापाका स्वकीय सचिव सागर मैनालीले जानकारी दिए ।

उनका अनुसार बरहथवा नगरपालिका ६ स्थित रहेकाे १५ शैयाकाे प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गरि ५० शैयाकाे प्रादेशिक अस्पताल बनाउने विषयमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बागमती नगरपालिका ९ मा घर भई बरहथवा नगरपालिका ६ मा  व्यवसाय सञ्चालन गरि बसेका साहको घटनास्थलमै ज्यान गएको थियो । 

उनकाे १३ औँ  दिनको पुण्य तिथीमा साहको निजी निवासमा आयोजित श्रद्धान्जली कार्यक्रममा प्रदेश सभा सदस्य कुशबाह र जगर प्रमुख थापाले श्रद्धान्जली व्यक्त गरेका हुन् ।

साहको मृत्युपछि तीन दिनसम्म तनावग्रस्त बनेको बरहथवा ११ बुँदे सहमतीपछि सामान्य बनेको थियो । त्यसैगरी बागमती नगरपालिका ९ घर भएका साहकाे  निधनप्रति दुःख व्यक्त गर्दै बागमती नगरपालिकाले शोक बिदा समेत दिएको थियो ।

सम्बन्धित समाचार