चुरेलाई संरक्षण गर्दै नहर निर्माण गरेर सिचाइ गर्नु आवश्यक छ : मन्त्री भुषाल

2.3k Shares

कृषिको क्षेत्रमा तीन प्रतिशत मात्रै बजेट लागनी हुनुलाई नै कृषि प्रति लगनसिल्ता नभएको हो भन्ने प्रष्ट हुने नेपाल सरकारका  कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुषालले बताए ।उनले कृषिमा सिचाई,मलखाद,बिऊ बिजन लगायत प्राविधियुक्त कृषिलाई अगाडि बढाउनु आवश्यक रहेको बताए ।उनले धान उत्पादन हुने कुल २० लाख ९१ हजार हेक्टर क्षेत्रफल मध्ये करिब १७ प्रतिशत भुमिमा मात्रै सिचाई सुविधा रहेका कारण कृषिको समस्या समाधान गर्न नसकिएको बताए ।उनले चुरे संरक्षण,प्राङ्गारिक मलको प्रयोगले मात्रै उत्पादनलाई बढावा दिन सकिने र त्यसको उचित बजार व्यावस्थापन गर्न जरुरी रहेको बताए ।

सर्लाहीको हरिवन नगरपालिका ११ स्थित सुर्ति विकासको मैदानमा“मधेश प्रदेशको शान,दुग्ध र कृषि क्षेत्र,हामी सबैको पहिचान”भन्दै आयोजना गरिएको दोस्रो डेरी,कृषि अनुसन्धान,उत्पादन तथा कृषि औजार प्रदर्शनी मेलाको उद्घाटन गर्न सर्लाही आएका मन्त्री डा.भुषालले प्रविधिको विकाससंगै कृषि प्रविधिमा परिवर्तन आउन आवश्यक रहेको बताए ।“कृषिजन्य पदार्थको उत्पादन र सुधारात्मक परिवर्तन ल्याउन प्रविधि,उद्योग,मल,बिऊ,सिचाइ लगायतका व्यावस्थापनका साथै बजारको उचित व्यावस्था गर्न आवश्यक रहेको र बजारको माग अनुसार कृषिजन्य वस्तुको उत्पादन गर्दा कृषि क्षेत्र मार्फत नै फड्को मार्न सकिने”मन्त्री डा.भुषालले बताए ।

स्थानीय सरकार,प्रदेश सरकार र नेपाल सरकारको साझेदारीमा कृषि प्रधान देशको अस्तित्व जोगाउन लाग्नु पर्ने र त्यसका लागि नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लागि पर्ने मन्त्री डा.भुषालले बताए ।“हाम्रो कृषि जीवन हो भन्ने बुझेर कृषिलाई जीवन पद्धतिसंग जोडेर लान आवश्यक रहेको छ,अन्य क्षेत्रलाई झैँ कृषिलाई प्राथमिकता दिएर राष्ट्रिय गौरबको क्षेत्रको रुपमा लैजानु पर्नेमा राज्यको कुल रकमको तीन प्रतिशत मात्र बजेट कृषि मन्त्रालयलाई दिँदा मन्त्रालय निरिह रहेको छ ।”मन्त्री डा.भुषालले बताए ।

कृषिको सवाललमा जे जति कुरा गरेपनि चुरेलाई संरक्षण गर्दै कृषि प्रधान क्षेत्रमा नहर निर्माण गरेर सिचाइ गर्नु आवश्यक रहेको र त्यसतर्फ सरोकारवाला निकायहरुको ध्यान पुग्न जरुरी रहेको भएपनि कुनै तहको सरकार यस तर्फ गंभिर नभएको मन्त्री डा.भुषालले बताए ।त्यसैगरी,किसानका समस्यालाई आधुनिकिकरण गर्दै प्रविधियुत्त हुन आवश्यक रहेको मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहले बताए ।उनले किसानहरुका आवश्यकता(जस्तै मल,खाद,बिऊ बिजनहरुको व्यावस्था गर्न नसक्दा निरिह बनिरहनु परेको बताए । किसानहरुका समस्या समाधान तर्फ सबै लाग्नु पर्ने प्रदेश सभा सदस्य कुशवाहले बताए ।उनले राज्यले आफुखुसी कृषिजन्य सामाग्रिहरुको मुल्य निर्धारण गर्दा किसानहरु मारमा परेका बताए ।

किसानहरुका उत्पादन र प्रविधियुक्त कृषि खेतीको प्रवर्द्धन र व्यावस्थापन गर्न सहज होस भनेर कृषि अनुसन्धान,उत्पादन तथा कृषि औजार प्रदर्शनी मेला आयोजना गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख एवम कार्यक्रमका अध्यक्ष रमेश बुढाथोकी(कलम)ले बताए ।कार्यक्रममा राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान,मधेश प्रदेश सरकारका कृषि व्यावस्था तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने,प्रदेश सभा सदस्य बेची लुङ्गेली,सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला,जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुका साथै हरिवन नगरपालिकाका जनप्रतिनिधिहरुका साथै कर्माचारीहरु,विभिन्न सह आयोजक संघ/संस्थाका प्रमुख तथा प्रतिनिधहरु लगायतको उपस्थिति रहेको प्रदर्शनी मेला व्यावस्थापक एवम हरिवन नगरपालिका ४ का वडा अध्यक्ष केशबराज थापाले जानकारी दिए ।

उनका अनुसार “मधेश प्रदेशको शान,दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान”भन्ने मूल नारासहित आयोजना गरिएको प्रदर्शनी मेलामा उत्कृष्ट किसानहरुलाई सम्मानसहित बैँक तथा संघ÷संस्थाबिच अन्तक्रृया,पशु उपचार,गोबर परीक्षण,माटो परीक्षणका साथै किसानहरुले उत्पादन गरेका कृषि जन्य वस्तुहरुको प्रदर्शन  र स्थानीय कलाकारबाट कला सँस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम आज(शुक्रबार) माघ ५ गतेदेखि माघ ७ गते सम्म  सञ्चालन हुने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार