नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री नारायण काजी श्रेष्ठ(पकाश),खानेपानी मन्त्री महेन्द्र राय यादव,गृह सचिव दिनेश भट्टराई र कारागार व्यावस्था विभागका महा निर्देशक कशिराज दाहाल सर्लाही आउने भएका छन् । आईतवार सर्लाही कारागार उद्घाटन,लालबन्दी नगरपालिका ११ हिरापुर र लालबन्दी नगरपालिका १२ जियाजोर जोड्न लखन्देही नदीकाे पुल शिलान्यास र मधेश प्रदेशका जिल्लाहरुमा मिटर व्याज सम्बन्धि उजुरीहरु माथिकाे छलफलहरुका साथै प्रगति बुझ्न उनीहरु शनिबार सर्लाही आउन लागेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमलाले जानकारी दिए ।
द्वन्द्वकालमा क्षेती पुगेपछि लामाे समयपछि निर्माण सुरु भएको कारागार केही समय पहिला मात्रै निर्माण सम्पन्न भएको थियाे भने लालबन्दी नगरपालिका ११ हिरापुर र लालबन्दी नगरपालिका १२ जियाजोर जोड्ने लखन्देही नदीमा लामो समयपछि पक्की पुल निर्माणका लागि ठेक्का लागि सकेकाे छ । रु ७५ कराेड ५० लाख बजेटकाे व्यावस्था भए पछि लालबन्दी नगरपालिका ११ हिरापुर र लालबन्दी नगरपालिका १२ जियाजोर जोड्न लखन्देही नदीमा चार सय ८५ मिटर लम्बाई र ११ मिटर चौडाई भएको पुल निर्माणकाे प्रक्रिया सुरु भई सकेको छ ।भने देशै भरीमा सबैभन्दा धेरै मिटर व्याज सम्बन्धि उजुरीहरु मधेश प्रदेशमा परेका छन् । जसकाे पटक पटककाे छलफल पछि केही उजुरीहरु मात्रै फर्छयाैट हुन बाँकी रहेका मिटर व्याज ठगी तथा पीडित किसान मजदुर संघर्ष समितिले जनाएको छ ।
