सर्लाहीको लालबन्दी नगरपालिका ११ हिरापुर र लालबन्दी नगरपालिका १२ जियाजोर जोड्न लखन्देही नदीको पुल नेपाल सरकार उप प्रधान एवम गृह मन्त्री नारायणकाजी श्रेष्ठ(प्रकाश) र खानेपानी मन्त्री महेन्द्र राय यादवले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।लालबन्दी ११ हिरापुर र लालबन्दी १२ जियाजोर जोड्ने लखन्देही नदीमा रु ७५ करोड ७० लाखमा चार सय ८५ मिटर लम्बाई र ११ मिटर चौडाई भएको पुल निर्माण भदौबाट सुरु भएपनि आईतबार नेपाल सरकार उप प्रधान एवम गृह मन्त्री श्रेष्ठ र खानेपानी मन्त्री यादवले संयुक्त रुपमा शिलान्यास गरेका हुन ।
भदौबाट निर्माण सुरु भएको पुलको भदौमा नै उप प्रधान एवम गृह मन्त्री श्रेष्ठले सिलान्यास गर्ने तयारी भएको भएपनि उनी आउन नपाएपछि सिलान्यास बिनै निर्माण सुरु भएको थियो । जिल्ला कारागार सर्लाहीको उद्धघाटन गर्न सर्लाही आएका उप प्रधान एवम गृह मन्त्री श्रेष्ठ र खानेपानी मन्त्री यादवले पुलको संयुक्त रुपमा सिलान्यास गरेका साथै मधेश प्रदेशका आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र प्रहरी प्रमुखहरुसंग मधेश प्रदेशको सुरक्षाको वस्तुगत स्थितिको रिपोर्ट लिनु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।
नेपाल सरकारका खानेपानी मन्त्री यादव सर्लाही आएका उप प्रधान एवम गृह मन्त्री श्रेष्ठले आईतबार बिहान मधेश प्रदेशमा भई रहेको “मिटर व्याज तथा ठगि किसान मजदुरहरुका उजुरीहरुको छलफल तथा छानविन के कसरी भई रहेको छ”भन्ने विषयमा पनि चासो राख्नु भएको थियो भने आईतवार नै सर्लाही जिल्ला कारागार कार्यालयको उद्घाटन समेत गरिएको प्रमुख जिल्ला अधिकारी धमलाले जानकारी दिए ।
लखन्देही नदीमा पक्की पुल नहुँदा वर्षाको समयमा लालबन्दी नगरपालिका १२ का स्थानीयलाइृ आवत जावत गर्न निकै समस्या हुने गरेको थियो । लखन्देही नदीमा पुल निर्माण गर्ने चर्चा धेरै पहिला देखि नै चलेको भएपनि अहिले निर्माणको काम सुरु भएपछि स्थानीयमा खुसी थपिएको लालबन्दी नगरपालिका १२ का वडा अध्यक्ष दुर्गा बहादुर आलेले बताए ।
पुल सिलान्यास कार्याक्रममा प्रदेश सभा सदस्हरु बेची लुङ्गेली,जवाहरलाल कुशवाह र फकिरा महतोका साथै निवर्तमान राज्य मन्त्री शम्भु लाल श्रेष्ठ,बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा,लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी,चन्द्रनगर गाउँपालिकाकी उपा अध्यक्ष गीतादेवी महतो लगायत जनप्रतिनिधिहरुका साथै विभिन्न पार्टीको नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।