पुर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका ४ स्थित सासापुरबाट गाेली सहित एकजनालाई ईलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।पुर्व पश्चिम लाेकमार्ग अन्तर्गत हरिवन नगरपालिका ४ सासापुर स्थित वीरगन्जबाट जनकपुरतर्फ आँउदै गरेको ना.५ ख ७९३ नंम्बरको दाईभाई बसका चालक रामेछापकाे मन्थली नगरपालिका ६ घर भई हाल सर्लाहीकाे बरहथवा नगरपालिका १ बस्ने अन्दाजी बर्ष ४५ का मिन कुमार नेवारलाई ८ एमएमकाे एउटा गाेली सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक अनुलराज गिरीले जानकारी दिए ।
उनका अनुसार सो बसले विपरीत दिशाबाट गाडिहरुलाई ओभरटेक गर्ने क्रममा सडकको दाहिने दिशातर्फ सडकको साईडमा पुगि दुर्घटना भएको भन्ने सूचना प्राप्त भए पछि बसका चालक नेवारलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा शंकास्पद गतिविधि गरेपछि उनकाे साथबाट गोली १ राउण्ड फेला परेको थियाे ।उनका अनुसार चालक नेवारलाई ईलाका प्रहरी कार्यालय हरिवनकाे नियन्त्रणमा राखेर अनुसन्धान भई रहेकाे छ ।