सर्लाहीको ब्रम्हपुरी गाउँपालिका स्थित त्रिभुवननगरदेखि सिन्धुलीको सुनकोसी गाउँपालिका स्थित दुम्जा जोड्ने रणनीतिक सडक योजनाको सम्भाव्यता अध्ययनका लागि जनप्रतिनिधिहरुले स्थलगत अवलोकन भ्रमण गरेका छन् ।नेपाल सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादव सहित ब्रम्हपुरी र चन्द्रनगर गाउँपालिका,इश्वरपुर र लालबन्दी नगरपालिकाका साथै सिन्धुलीको मरिण गाउँपालिकाका जनप्रतिनिधिहरु सहित सडक विभागको टोलीले ब्रम्हपुरी गाउँपालिका स्थित त्रिभुवननगरदेखि सिन्धुलीको सुनकोसी गाउँपालिका स्थित दुम्जा जोड्ने रणनीतिक सडक योजनाको सम्भाव्यता अध्ययनका लागि जनप्रतिनिधिहरुले स्थलगत अवलोकन भ्रमण गरेका लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले जानकारी दिए ।
उनका अनुसार त्रिभुवननगर हुँदै लालबन्दीबाट वीपी लोकमार्गको दुम्जा जोड्ने सडक ७० किलोमिटर सडकको खानेपानी मन्त्री यादव,पूर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठ,प्रदेश सभा सदस्य बेची लुंगेली,लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी,उपप्रमुख कल्पना पाख्रिन लगायत ब्रम्हपुरी र चन्द्रनगर गाउँपालिका तथा इश्वरपुर नगरपालिकाका जनप्रतिनिधिहरुका साथै मरिण गाउँपालिकाका जनप्रतिनिधिहरु,स्थानीय विभिन्न राजनैतिक दलका नेताहरु,उद्योगि/व्यापारीहरुको सहभागिता रहेको छ ।भारतीय सिमा त्रिभुवननगर देखि सिन्धुलीको दुम्जा जोड्ने करिब ७० किलोमिटर सडक योजनाको सम्भाव्यता अध्ययन अन्तर्गत स्थलगत अवलोकन गरिएको र यो सडक निर्माण भएपछि काठमाण्डौँ जान आउन सर्लाहीबासीलाई निकै सहज हुने लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख कल्पना माया पाख्रिङले बताइन् ।
सर्लाहीको लालबन्दी बजार आउन सिन्धुलीको मरिण क्षेत्रका स्थानीयलाई सहज हुने साथै व्यापारीक दृष्टिकोणले निकै सहज हुने यो सडक त्रिभुवननगर देखि लालबन्दी हुँदै सिन्धुलीको मरिण सम्म करिब निर्माण समेत भई सकेको छ भने मरिणबाट सुनकोसी गाउँपालिकाको दुम्जा सम्म अव निर्माण हुने खानेपानी मन्त्री यादवले बताए ।हाल सर्लाहीको त्रिभुवननगरदेखि लालबन्दी सम्म पक्की सडक निर्माण भई सकेको छ भने लालबन्दीदेखि सिन्धुलीको मरिण सम्म खोलैखोला कच्ची सडक पुगेको छ ।