सर्लाहीको पर्सा गाउँपालिका स्थित नेपाल भारत सिमा क्षेत्र स्थित नारायाणपुरबाट तस्करहरुले नियन्त्रणमा लिएर भारतिय सुरक्षाकर्मीको जिम्मा लगाइएका नेपाल प्रहरीका बरिष्ठ हबल्दार छविलाल साहलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले तानेर गण पठाएको छ।आईतबार बहिान करिब ९ बजे तस्करहरुसंग कमिसन असुल्न पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत बरिष्ठ हबल्दार साहलाई नारायणपुर नाका भन्दा करिब दुई सय मिटर भित्र भारतिय बजारमा तस्करहरुसंग कमिसनको वार्गेनिङ हुँदै गर्दा विवाद भएपछि तस्करहरुले नियन्त्रणमा लिएर भारतिय सुरक्षाकर्मीहरुको जिम्मा लगाएका थिए।त्यसपछि भारतिय सुरक्षाकर्मीहरुले खनतलासी गर्दा बरिष्ठ हबल्दार साहको साथबाट चाईनिज पेस्तोल समेत बरामद् भएको भारतिय सुरक्षाकर्मीहरुले जानकारी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय सार्लहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक प्रवीण धितालका प्रमुख घुमुवा बरिष्ठ हबल्दार साह जिल्ला प्रहरी कार्यालय सर्लाहीको सम्पर्कमा रहेका र बाँकी विषयमा बुझ्ने काम भई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता एवम प्रहरी निरिक्षक ओम प्रकाश यादवले जानकारी दिएका थिए।सोही विषय समेटेर विभिन्न सञ्चार माध्यामहरुमा समाचार प्रकाशन भएपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख एवम डिआईजी यज्ञ विनोद पोख्रेलले जिल्लाबाट तानेर मधेश प्रदेश प्रहरी गण जनकपुर पठाएका एक प्रहरी अधिकारीले बताए ।
प्रहरी बरिष्ठ हबल्दार साह हँतियार सहित भारतिय सुरक्षाकर्मीहरुको नियन्त्रणमा,प्र.उ.धितालका विश्वास पात्र घुमुवा रहेको आशंका
नेपाल प्रहरीका एकजना प्रहरी बरिष्ठ हवल्दारलाई हँतियार सहित भारतिय सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन्नल।जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी बरिष्ठ हबल्दार छविलाल साहलाई भारतिय सुरक्षाकर्मीहरुले पक्राउ गरेका हुन ।उनी जिल्ला प्रहरी कार्यालय सार्लहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक प्रवीण धितालका प्रमुख घुमुवा रहेका पाइएको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत बरिष्ठ हवल्दार साहलाई भारतिय सुरक्षाकर्मीहरुले आईतबार बिहान करिब ९ बजे पर्सा गाउँपालिका स्थित नारायणपुर नाकाबाट चाईनिज पेस्तोलसहित नियन्त्रणमा लिएका थिए । नेपाल भारत खुल्ला सिमा नाकाको प्रयोग गर्दै तस्करी गर्ने तस्करहरुलाई भेट्न बरिष्ठ हवल्दार साह गएको समयमा तस्करहरुसंग विवाद भएपछि तस्करहरुले नै नियन्त्रणमा लिएर भारतिय सुरक्षाकर्मीहरुलाई बुझाएका हुन ।
प्रहरी बरिष्ठ हबल्दा साह जिल्ला प्रहरी कार्यालय सर्लाहीको सम्पर्कमा रहेका र बाँकी विषयमा बुझ्ने काम भई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता एवम प्रहरी निरिक्षक ओम प्रकाश यादवले बताए तर नेपाल भारत सिमा क्षेत्र भन्दा करिब दुई सय मिटर भित्र भारतिय बजारमा गएर तस्करहरुसंग कमिसन बार्गेनीङ गरि रहेको अवस्थामा विवाद भएपछि तस्करहरुले घेरेर बरिष्ठ हबल्दार साहलाई भारतिय सुरक्षाकर्मीहरुको जिम्मा लगाएका प्रहरी स्रोतको भनाई छ ।
त्यसपछि भारतिय सुरक्षाकर्मीहरुले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई खबर गरेपछि माथि खबर नगर्नु भन्दै समन्वय गरि जिल्ला प्रहरी कार्यालय सर्लाहीका बरिष्ठ सई अरुण यादव गएर बरिष्ठ हबल्दार साहलाई नेपाल ल्याएका प्रहरी स्रोतले जनाएको छ ।प्रहरी बरिष्ठ हबल्दार साह जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक धितालका विश्वास पात्र र विशेष घुमुवा हुन ।तनहुबाट सर्लाही सरुवा भएर आएका प्रहरी बरिष्ठ हबल्दार साह पटक पटक सर्लाही आउनु र घुमुवा नै बस्नुमा प्रहरी उपरिक्षकहरुको समेत ठूलो हात रहेको सहजै आंकलन गर्न सकिन्छ ।
को हुन प्रहरी बरिष्ठ हबल्दार साह ?
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पटक पटक आएर प्रहरी संगठनको नै बद्नाम गराउने गरी घुमुवाबसी कमिसन असुल्न माहिर प्रहरी बरिष्ठ हबल्दार साहको घर रौहतटको मौलापुर हो ।उनी पटक पटक गरी यस सहित तीन पटक अन्यन्त्र सरुवा भएका भएपनि सर्लाही आउन र घुमुवा बस्न सफल प्रहरी कर्माचारी हुन ।छोटो समयमै तीन पटक जिल्ला प्रहरी कार्यालय सर्लाही आइ घुमुवा बस्न सफल भएका उनलाई कसले संरक्षण गरेको हो भन्ने विषयमा प्रष्ट नभएपनि हाल जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक धिताल तत्कालनी अवस्थामा धनुषामा प्रहरी नायव उपरिक्षक हुँदा प्रहरी बरिष्ठ हबल्दार साह जवान थिए सो समयदेखि नै उनीहरु वीच राम्रो सम्बन्ध रहेको र उनकै कारण पुन सर्लाही आएर घुमुवा बसी कमिसन असुलीमा लागेका प्रहरी स्रोतको दाबी छ ।
तत्कालीन प्रहरी प्रमुख आईजिपी ठाकुर ज्ञावालीसंग राम्रो सम्बन्ध रहेका बरिष्ठ हबल्दार साह सई बच्चु राउत कुर्मी,सई तिलधारी साह,सई मोहन राउत,असई प्रमोद यादव,असई मनोज यादव र असई राम नरेश साह तेलीसंग बसेर घुमुवा बनि असुली चलाएका एक प्रहरी अधिकारीले बताए । जस मध्य असई राम नरेश साह तेली हाल बर्खास्त भएका छन् भने असई मनोज यादव निलम्बनमा परेका छन् भने प्रहरी बरिष्ठ हबल्दार साह ५ वर्ष धनुषा, केही वर्ष महोतरी र अहिले सर्लाहीमा घुमुवा बसेका छन् ।
सर्लाहीको पर्साबाट अर्काकी श्रीमती र छोराछोरी सहित दोस्रो विहे गरेका प्रहरी बरिष्ठ हबल्दार साहलाई तत्कालीन प्रहरी प्रमुख आईजिपी शैलेन्द्र खनालले कार्बाहीका लागि प्रहरी प्रधान कार्यालयमा तानेर ग्रेड खाएर पाहाडी जिल्लामा दरबन्दी बनाई पठाएका भएपनि उनी विभिन्न माथिल्ला निकायहरुमा आर्थिक प्रलोभन देखाएर पटक पटक सर्लाही आइ घुमुवा बस्न सफल भएका छन् ।पहिलो बिबाह गरि सकेका प्रहरी बरिष्ठ हबल्दार साहले सर्लाहीको पर्साबाट अर्काकी श्रीमती छोराछोरीहरु सहित लिएर वीरगन्जमा कोठा खोजेर राखेका थिए तर अहिले उनीहरुलाई जनकपुरमा कोठा खोजेर राखेका छन् ।
करिब दुई महिना पहिला तनहुँबाट जिल्ला प्रहरी कार्यालय सर्लाही सरुवा भएर आएका प्रहरी बरिष्ठ हबल्दार साह आए लगतै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक धिताललाई खुसी पारेर घुमुवा बस्न सफल भएका छन् । हाल जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक धिताल तत्कालनी अवस्थामा धनुषामा प्रहरी नायव उपरिक्षक हुँदा प्रहरी बरिष्ठ हबल्दार साह जवान थिए सो समयदेखि नै उनीहरु वीच राम्रो सम्बन्ध रहेको कारण उनलाई थप सहज भएको प्रहरी अधिकारीहरु नै बताउँछन् ।
यो विषयमा प्रहरी प्रमुख आईजिपी वसन्त बहादुर कुँवरलाई थाहा होला नहोला तथापी पनि प्रहरी संगठनको बदनाम हुँदा उनी चोखो देखिदैनन् भने यो घटनाले सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक धिताल आफुलाई दुधले नुहाएको बताउँदै भित्रभित्रै चर्को कमिसनमा लागेका छन् भन्ने पनि प्रमाणित गरेको छ ।भारतिय सुरक्षाकर्मीले नियन्त्रण लिएका प्रहरी बरिष्ठ हबल्दार साह पहिला पनि प्रमुखलाई गलत रिपोर्टिङ गर्ने देखी एउटा काममा जान्छु भनी तस्करी गराउनेसंग भेटेर कमिसन असुली संगठनको छविमाथि आँच पुर्याउने जस्ता कार्य गर्दै आइरहेका प्रहरी कर्माचारी हुन ।