शसस्त्र प्रहरी बल नेपाल सर्लाहीद्धारा २३ औं स्थापना दिवशको अवसरमा बृद्धसेवाश्रममा फलफुल वितरण

1.6k Shares

सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना वृद्धश्रममा आश्रीत बुद्धबुद्धाहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले आफ्नो २३ औं स्थापना दिवशको अवसरमा फलफुल वितरण गरेको छ ।शसस्त्र प्रहरी बल नेपालको २३ औँ स्थापना दिवशको अवसरमा शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले एक कार्यक्रम गरि बृद्धसेवाश्रममा आश्रीत बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरेको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम शसस्त्र प्रहरी उपरिक्षक तुल बहादुर भण्डारीले जानकारी दिए ।

शसस्त्र प्रहरी बल, नेपाल नं. १० हे. क्वा.गण सर्लाहीका गणपति एवम शसस्त्र प्रहरी उपरिक्षक भण्डारीको नेतृत्वमा गणका शसस्त्र प्रहरी अधिकृतहरुले आश्रममा रहेका ५५ जना आश्रीत बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरेका शसस्त्र प्रहरी बल, नेपाल नं. १० हे. क्वा.गण सर्लाहीले जनाएको छ । कार्यक्रममा आश्रमकी अध्यक्ष भवानी कोइराला,संरक्षक वासुदेव शरण कोइराला लागयतको उपस्थिति रहेको थियो ।

यसैगरी,सप्ताहव्यापी रुपमा शसस्त्र प्रहरी बल,नेपालले आफ्नो वार्षिक उत्सवका कार्यक्रमहरु सञ्चालन गरेको थियो ।जस अनुसार जिल्ला भर मन्दिर तथा धार्मिक स्थलहरुको सरसफाई, लागु औषध तथा अन्य दुव्र्यसनी रोकथामका लागी नागरिकहरुमा जनचेतना कार्यक्रम,सीमावासीसँग शसस्त्र प्रहरी बल नेपाल कार्यक्रम अन्तर्गतका अन्तरक्रियाहरु र भारतीय समकक्षी सीमा शसस्त्र प्रहरी बल र शसस्त्र प्रहरी बल नेपाल बिच मैत्रीपूर्ण खेलको समेत आयोजना गरेको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका सुचना अधिकारी एवम सहायक गणपति सशस्त्र प्रहरी नायव उपरीक्षक उद्धव वनले जानकारी दिए ।

सम्बन्धित समाचार