सर्लाहीको हरिवन नगरपालिका ९ स्थित रहेको सगुन शिक्षा सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०७३/०७४ देखि हाल सम्मको आर्थिक हिसाब किताब अनियमिततामा अध्यक्ष बाबुराम घिमिरे सहित कार्यसमिति नै संग्लग्न भएको पाइएको छ ।संस्थाको नवौँ वार्षिक साधारण सभामा हिसाब किताब पार्दशी नभएको भन्दै शेयर सदस्यहरुले विरोध गरेपछि गठन भएको छानविन तथा सुझाब समितिले तयार पारेको प्रतिवेदनको विषयमा बुझ्दा सहकारीका सचिव विदुर प्याकुरेसंग गरिएको अनौपचारीक कुराकानीमा अध्यक्ष घिमिरेले बद्मासी गरेका भएपनि कार्यसमितिले समेत त्यसको जवाफ दिनुपर्ने बताएपछि अनियमिततामा कार्यसमितिको समेत संग्लग्नता रहेको प्रष्ट हुन्छ ।
संस्थाका सचिव प्याकुरेलले संस्थाका अध्यक्ष घिमिरेसगुन शिक्षा आवासिय विद्यालयको जग्गा र लाइसेन्स खरिद गर्दा नै घर व्यावहारको जस्तो गरी कारोबार गरेर हिसाब किताब लथालिङ पारेका बताए ।उनले विद्यालयको जग्गा खरिद गर्दा ६० लाख बैँक मार्फत र ४५ लाख नगद भुक्तानी गर्नु,लाईसेन्स खरिद गर्दा गोकुल बस्नेत र टंक बस्नेतको नाममा रकम भुक्तानी दिनु,विद्यालयको भवन निर्माण गर्न लागेको निर्माण सामाग्रीको कुनै पनि विल बिजक नहुँनु र ठेकेदार राजेन्द्र खड्काले पनि संस्थाका अध्यक्ष घिमिरे र आफु विचको मात्रै सम्बन्ध रहेको बताउनु,कतिपय निर्माण सामाग्रीको बढी रकम भुक्तानी गर्नुले संस्थाका अध्यक्ष घिमिरेको नियत्त नै शंकास्पद रहेको बताए ।
स्थानीय सबै राजनीतिक दलका नेताहरु मिलेर संस्था खोलेका र संस्थाको रकम अनियमिततामा अध्यक्ष घिमिरेले बद्मासी गरेका भएपनि कार्य समिति जवाफदेही हुनु पर्ने सचिव प्याकुरेलले शंकेत गरेपछि उनी सहित राजकुमार उप्रेती,सिताराम पोख्रेल,राम घिमिरे र विनोद कार्कीमाथि समेत आशंका गर्न सकिने पाइएको छ ।उनका अनुसार ठेकेदार खड्काले रु दुई करोड आठ लाखको काम गरेका भएपनि रु दुई करोड २२ लाख भुक्तानी लिनुले अध्यक्ष घिमिरेको आशंका गर्नुपर्ने बताए ।
यता,अध्यक्ष घिमिरेले चैत्र मसान्त सम्ममा अनियमितता भएको भनिएको रु तीन करोड ७५ लाख ९५ हजार नौ सय नौ रुपैँया २३ पैसा किल्यर गर्न नसके सो कार्यमा संग्लग्नता रहनेहरुको नामावली सार्वजनिक गर्ने धम्की लगाउँदै आएका छन् नी भन्ने हाम्रो प्रश्नमा संस्थाका सचिव प्याकुरेलले त्यसमा कुनै तुक नरहेको बताए ।उनले समितिले प्रतिवेदन बुझाएपछि अध्यक्ष घिमिरे बर्बराउन थालेका बताएका छन् ।
समितिले बुझाएको प्रतिवेदनमा के छ ?
समितिले हरिवन नगरपालिका ९ स्थित रहेको संस्थाको आर्थिक वर्ष २०७३÷०७४ देखि हाल सम्मको आर्थिक हिसाबकिताब पादर्शी नभएको भन्दै गठित तीन सदस्यीय छानविन तथा सुझाब समितिले १७ पेज लामो प्रतिवेदन तयार पारेर १० औँ वार्षिक साधारण सभामा पेश गरेको थियो ।सहकारीको २०७९ पुस ३० गते भएको नवौ वार्षिक साधारण सभामा लेखापरिक्षण प्रतिवेदनका सम्बन्धमा विवाद भएपछि गठन भएको तीन सदस्यीय छानविन समितिले सहकारीको १० औँ वार्षिक साधारण सभामा आर्थिक अनियमितता भएको ठहर सहित १७ पेज लामो प्रतिवेदन पेश गरेको छानविन तथा सुझाब समितिका संयोजक श्यामबाबु कार्कीले जानकारी दिए ।
उनका अनुसार सहकारीको एकै लेखापरिक्षकको दुईवटा लेखापरिक्षण प्रतिवेदन आएपछि सहकारीको रकम अनियमितता भएको र अनियमितता भएका कुरा लुकाउने प्रयास भएको भन्दै शेयर सदस्यहरुले नवौँ वािर्षक साधारण सभामा आपत्ति जनाएपछि छानविन तथा सुझाब समिति गठन भएको हो ।कार्कीको संयोजकत्वमा गठन भएको समितिमा रामहरि निरौला र उद्धव प्रसाद पौडेल सदस्य रहेका छन् ।सहकारीका लेखापाल एवम व्यवस्थापक प्रदिप थापाको लिखित बयान समेत लिएको र थापाले दिएको लिखित बयानमा सहकारीको दुई वटा लेखा परीक्षण गराएकोमा आफु जिम्मेवार नभएको बताएपनि उनको साथ विना सो काम अध्यक्ष वा अन्य कसैले गर्न नसक्ने समेत समितिले जनाएको छ ।
सहकारी स्थापना भएदेखि हाल सम्मको कुल रु तीन करोड ७५ लाख ९५ हजार नौ सय नौ रुपैँया २३ पैसा अनियमितता भएको भन्दै सहकारीका अध्यक्ष बाबुराम घिमिरेबाट असुल उपर गर्नुपर्ने छानविन तथा सुझाब समिति निष्कर्ष निकालेको हो ।समितिले तयार पारेको १७ पेज लामो प्रतिवेदनमा छुटा लेखा परीक्षण प्रतिवेदन तयार पार्न लगाई शेयर सदस्य एवम संस्था हितविपरित रही आर्थिक हिनामिना मसौट गर्ने नियत राखि नगद तरलता लुकाएको साथै संस्थालाई ऋणको भारमा पारी सहकारी तथा सहकारीले सञ्चालन गरेको सगुन शिक्षा आवसीय विद्यालयको समेत नगद तरलता मसौट गरेको पाइएको उल्लेख गरिएको छ ।शंकर प्रसाद साह,रामनारायण साह र महेश कुमार साहसँग बरहथवा सनफ्लावर ईङलिस आवासीय विद्यालय प्रा.लि.खरिद गरी स्थान सारी र नामसारी गरी सगुन शिक्षा आवासीय विद्यालय बनाएरपछि सहकारीका अध्यक्ष घिमिरे,अर्का विनोद कार्की र सावित्रि कुमारी कार्की संस्थापक रहेका साथै घिमिरे नै संस्थापक तथा विद्यालय व्यावस्थापन समिति अध्यक्ष एवम निर्देशक रहेका समेत समितिको तथ्यांकमा उल्लेख गरिएको छ ।
“सहकारीको स्वीकृत विनियम २०७१ बमोजिक दफा ४० कोषको व्यावस्था दफा १,४ र ५ अनुसार खाता सञ्चालन समितिको अध्यक्ष र प्रबन्ध सञ्चालक वा व्यावस्थापकको संयुक्त दस्तखतबाट हुनेछ ।कोषको सम्पुर्ण जिम्मा खाता सञ्चालकहरुमा रहनेछ ।कोषबाट रकम झिक्दा संस्थाको स्वीकृत विनियम बमोजिम स्पष्ट निर्णय भएको कामका लागि हुनुपर्छ ।रकम चलनमा ल्याउने आधारहरु कानुन सम्वत हुनुपर्नेछ ।संस्थाको सम्पत्ति व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको नपाइएमा अख्तियार दुरुपयोग गरेको मानिनेछ भन्ने विषय उल्लेख गरिएको”समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।“सहकारीको २०७२ असार २५ गतेको बैठक निर्णय नं. ३ को पारित निर्णय अनुसार विद्यालय तर्फ सम्पुर्ण काम कार्बाही गर्न घिमिरेलाई अधिकार प्रत्यायोजन गरि जिम्मेवारी दिइएको र हाल समम विद्यालयको संस्थापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम निर्देशक भई घिमिरे लै कायम रहेका”समेत पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
“विद्यालयको स्वीकृत विद्यालउ नियमावली २०७४ बमोजिम परिच्छेद ९ कोष तथा त्यसको परिचालन दफा २९ कोष तथा दफा ३१ कोषको सञ्चालम अनुसार कुनै पनि स्रोतबाट विद्यालयलाई प्राप्त हुने रकम नगदी रसिदमा आम्दानी जनाई विद्यालयको खातामा जम्मा गरिने छ।विद्यालयको खाताको सञ्चालन व्यावस्थापक तथा प्रधानाध्यापक तथा व्यावस्थापन समितिले तोकेको व्यक्तिको दस्तखतमा चल्लने छ”भन्ने उल्लेख रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।“सहकारीको लेखापरिक्षण प्रतिवेदन आर्थिक वर्ष २०७१÷०७२ देखि आर्थिक वर्ष २०७८÷०७९ र विद्यालय तर्फ आर्थिक वर्ष २०७३÷०७४ देखि आर्थिक वर्ष २०७८÷०७९ सम्मकै लेखामा उठेको भौचर परिक्षण नगरिएको पाइएको जसबाट सबै त्रुटिपुर्ण रहेको र तरलता(नगद) अपचलन भएको पाइएको”समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।त्यसैगरी सगुन बचत तथा ऋण सहकारी संस्था लि.हरिवन नगरपालिका ११ मा पनि २०५७ देखि २०७७ सम्म लगातार २० वर्ष घिमिरे नै अध्यक्ष रहेका साथै सगुन शिक्षा सहकारी र सगुन आवासिय विद्यालय समेतको खाता सञ्चालनको जिम्मेवारीमा पनि उनै घिमिरे रहने व्यावस्था गरेको पाइएको समितिले जनाएको छ ।
“सगुन बचत तथा ऋण सहकारी संस्था लि.हरिवन नगरपालिका ११ बाट मिति २०७४ कार्तिक २८ गते भौचर नं. ९ मा २५ लाख र २०७४ माघ ११ गते भौचर नं. २३ मा रु एक करोड ७५ लाख गरि जम्मा रु.दुई करोड प्राप्त रकमलाई सोहि संस्थालाई भुक्तानी दिनुपर्नेमा राखिएको थियो तर सो रकम के बापतको हो सो उल्लेख थिएन ।पछि २०७७ पुस २९ गते भौचर नं.२४ मा सोही संस्थाबाट प्राप्त लिष्ट ३५०० जनाको सदस्य (सुरक्षण बचत÷बोनसको रकमलाई भुक्तानीदिनुपर्ने हिसावमा उल्लेख गरिएको रकमलाई शेयर सदस्य दायित्व हिसावमा रु.एक करोड ९९ लाख ७८ हजार सात सय र विविध आम्दानी रु.२१ हजार तीन सय गरि कुल रु.दुई करोड हिसाब मिलान गरिएको पाईयो।सदस्यलाई शेयर सदस्य बनाउँदा सदस्य बनाउने संस्था र सदस्य बनाउन पठाउने संस्थाले स्वच्छाले शेयर लिने र स्वच्छाले उक्त रकम एक संस्थाले अर्को संस्थामा पठाउने स्वीकृत पत्राचार संचालकको निर्णय र साधारण सभाबाट पारित अनुमोदन केही नदेखिएको” समितिले सहकारीका लेखापाल एवम प्रवन्धक थापालाई सोधेको लिखित जवाफको ११ नम्बर बुँदामा उल्लेख छ ।
“आर्थिक वर्ष २०७८÷०७९ को बाह्य ऋण व्याज खर्च रु.४१ लाख ९२ हजार तीन ३७ र पाउनुपर्ने पेश्की हिसाब रु. एक करोड २८ लाख ९० हजार छ सय ८१ समेत गरि स्थायी सम्पत्ति विवरण हिसावमा वासलात तर्फ रु १४ करोड ६० लाख पाँच हजार आठ सय पाँच अडिट रिपोर्टमा पाईएपनि २०७९ पुस २४ गतेको विस्तारित बैठकमा वितरण गरेको लेखापाल तथा प्रवन्धक थापा र अध्यक्ष घिमिरेको दस्तखत भएको अडिट रिपोर्टमा रु.१२ करोड ७७ लाख १५ हजार एक सय २३ मात्र उल्लेख रहेको”समितिको प्रतिवेदनमा उल्लेख छ ।सहकारी र विद्यालयको खाता सञ्चालकमा घिमिरे स्वयम सहित लेखापाल तथा कोषअध्यक्ष दुई जना मध्य एक जनाको अनिवार्य दस्तखत हुनु पर्ने प्रावधान गरिएको भएपनि संस्थाको विनियममा कोषाअध्यक्ष रहने व्यावस्था नरहेको समेत पाइएको छ तर निर्णय गरेर कोषाअध्यक्ष थप्ने निर्णय गराएको समेत पाइएको समितिले जनाएको छ ।
यता,सगुन शिक्षा सहकारी संस्था लि.को नाममा रहेको कित्ता नम्बर हरिवन २ (घ)को ४१२,४१८,४२४,४१६,४२१,३२९,३५०,३४८,३४९,२१६,२५१,२९१ र २९० भएको जग्गा हरिवन नगरपालिका ११ स्थित रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लिमा धितो रोक्का रहेको ऋण २०८० असार ३२ सम्म साँवा रु चार करोड ६८ लाख ७५ हजार रहेको साथै उक्त ऋणको व्याज तिरी नविकरण शुल्क समेत थप रु ४९ लाख ६० हजार समेत संस्थाको नाममा नभई अन्य तीन जना कर्माचारीहरुको नाममा रहेको पाइएको समितिले जनाएको छ ।कर्माचारीहरु सुर्वण श्रेष्ठको रु एक करोड ५८ लाख ७५ हजार,दिपेन्द्र ढकालको रु एक करोड ५० लाख र प्रदिप थापाको रु एक करोड ६० लाख गरी कुल रु चार करोड ६८ लाख ७५ हजार २०८० पुस २९ गते सम्मको व्याज बाहेक रहेको पाइएको समेत समितिले जनाएको छ ।
साथै समितिले लेखातर्फ छानविन गर्दा “सगुन शिक्षा सहकारी संस्था लि.तर्फ भेटिएका हिसाबहरु मध्य सगुन बचत तथा ऋण सहकारी संस्था लि. हरिवन नगरपालिका ११ मा खाता नम्बर ३९०१ कारोबारमा शंकास्पद भेटिएको जनाएको छ ।जसमा रु दुई करोड २५ लाख रकम रहेको छ भने सगुन शिक्षा सहकारी संस्था लि.को खाताबाट चेक नगद निष्काशन नभई सगुन बचत तथा ऋण सहकारी संस्था लि.को आन्तरिक खाताबाट चेक निष्काशन गरि साथै आन्तरिक खातामा नगद जम्मा गरेको देखाई चेकको प्रतिलिपी र बैंक जम्मा भौचर सगुन शिक्षा सहकारी संस्था लि.को लेखा भौचरमा राखि पार्टी÷व्यक्तिको नाममा चेक र भौचरको रकम पेश्की देखाइ उक्त संस्थालाई कर्जा तिर्नु पर्ने ( दायित्व) मा राखिएकोले कार्य क्षेत्राधिकार बाहिर भएकोले उक्त हिसाब सम्बन्धमा छानबिनको क्रममा रहने”प्रतिवेदनमा उल्लेख गरेको छ ।
त्यसैगरी समितिको प्रतिवेदनमा“शान्ती बहादुर दवाडीले सञ्चालन गरेको कृष्ण ग्रील उद्योग हरिवनलाई झिकाई चेक सम्बन्धि बुझि पेश्की हिसाब सम्बन्धमा छलफल गर्दा निजले सगुन बचत तथा ऋण सहकारी संस्था लि.मा ग्रील सम्बन्धी काम गरेको मेरो त्यहा पनि पैसा लिनु थियो र लिएको रकम उक्त चेकको रकम प्रतिलिपी राखि यस संस्थामा पेश्की देखाइएकोले सो दोहोरो पर्न सक्छ म अहिले यो हिसाब मान्दिन भनेकाले सोही प्रकरण केही पार्टी वा व्यक्तिको चेक र भौचर कस्तो अवस्थामा आयो भन्ने कुरा यकिन गर्न बाँकी नै रहेको र सम्बन्धित व्यक्ति÷पार्टीहरुसँग छलफल गर्न बाँकी रहेको कारण माथि व्यहोरा उल्लेख गरेको” भन्दै प्रतिवेदन लेखेको छ ।
“सहकारी सिद्धान्त मूल्य र मान्यता बमोजिम हिसाब पारदर्शी राखि विधि र प्रक्रिया पुयाई भुक्तानी दिनु पर्नेमा सो नगरी चेक नगद बुझ्नेको नाम,नामेसी,भुक्तानी लिनुपर्ने कारण र समयमै सोही व्यक्ती वा पार्टीबाट खर्चको विवरण सहित समयमै फर्छयौट गर्नु पर्नेमा सो नगरि चेक रकम वितरण गरि ठाडो रुपमा कहीं कतै हिसाब नदेखाई सगुन शिक्षा सहकारी संस्था लि.हरिवन नगरपालिका ९ को स्वीकृत विनियम २०७१ बमोजिम दफा ४० कोषको व्यवस्था उपदफा १,४ र ५ अनुसार खाता संचालन समितिको अध्यक्ष र प्रबन्ध संचालक वा व्यवस्थापकको संयुक्त दस्तखतबाट हुनेछ ।कोषको सम्पूर्ण जिम्मा खाता संचालकहरुमा रहनेछ ।कोषबाट रकम झिक्दा संस्थाको स्वीकृत विनियम बमोजिम स्पष्ट निर्णय भएको कामका लागि हुनुपर्दछ।रकम चलनमा ल्याउने आधारहरु कानुन सम्वत हुनुपर्नेछ।संस्थाको सम्पत्ति व्यक्तिगत प्रयोजनमा झिक्न वा प्रयोग गरिएको पाइएमा अख्तियार दुरुपयोग गरेको मानिनेछ भन्ने विषय उल्लेख भएकोमा विनियम विपरित रहि रकम भुक्तानी तपशिल अनुसार भएकोले संस्थाका अध्यक्ष घिमिरेबाट रु.६१ लाख ७८ हजार पाँच सय बेरुजु गरि असुल उपर गरि लिनका लागि सिफारिस गर्दछौं ।”भनिएको छ । अध्यक्ष घिमिरे सगुन बचत तथा ऋण सहकारी संस्था लि.को खाता नम्बर ३९०१ बाट विभिन्न मितिमा गरी रु ६१ लाख ७८ हजार पाँच सय रकम निकालेका प्रतिवेदनले देखाएको छ ।
आर्थिक वर्ष ०७१÷०७२ को २०७१ असोज २३ देखि २०७२ असार मसान्तसम्मको लेखा परीक्षण प्रतिवेदनमा पेश्की धरौटी तथा पाउनु पर्ने अनुसुची ८ मा विद्यालय खरिद र नामसारी गर्दा शंकर प्रसाद साहलाई रु १४ लाख ५० हजार र सन्तोष भट्टराईलाई रु १ लाख गरी रु.१५ लाख ५० हजार देखाइएको भएपनि लेखा भौचरमा कहीँकतै पेश्की र भुक्तानी लिएको देखिएन। लेखा परीक्षण त्रुटीपूर्ण पाइयो। आर्थिक वर्ष ०७१÷०७२ को २०७१ असोज २३ देखि २०७२ असार मसान्तसम्मको लेखा परीक्षण प्रतिवेदनमा दायित्व बढी सम्पत्ति कमीको फरक रकम नगद रु. १७ लाख ८१ हजार आठ रुपैँया ७८ पैसा नदेखाई लेखा परीक्षण गरेको पाइएकाले उक्त रकम ब्याज आम्दानी नदेखाएको र अन्य पेश्की केही भए सो समेत हेरी परीक्षण गर्नुपर्नेमा सो गरेको पाइएन भन्दै समितिले उक्त रकम विचाराधिनमा रहने र वार्षिक साधारण सभा पछि हिसाब हेरी हिसाब मिलान गर्न भन्दै १० औं वार्षिक साधारण सभाबाट अनुमोदनका लागि सिफारिस गरेको छ ।
“आर्थिक वर्ष २०७८÷०७९ सम्म सगुन शिक्षा सहकारी संस्था लि.तर्फ पेश्की हिसाब रकम रु. सात करोड ४३ लाख ९४ हजार आठ सय २३ बाँकी देखिन्छ। नियमानुसार पे.फ. नगरि लेखा परीक्षण प्रतिवेदनमा स्थायी सम्पत्ति भवन निर्माणतर्फ हालि लेखा परीक्षण गरेको पाइएकोले लेखा परीक्षण प्रतिवेदन त्रुटीपूर्ण भएको पाइयो।सो को विवरण आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।संस्थामा नगद बैंक तरलता हुँदाहुँदै कर्जा लिई ब्याजको भार बढाएको पाइयो ।विद्यालयले छ वटा बस रु.दुई करोड ९० हजारमा खरिद गरेको देखाइएकोमा रु.रु तीन लाख कम्पनीलाई भुक्तानी नगरिएको रकम समायोजन गरि तरलता नगद रु.तीन लाख सहकारी तर्फ थप हुने देखिन्छ।सगुन शिक्षा सहकारी संस्था लि.तर्फ आर्थिक वर्ष २०७८÷०७९ सम्मको नगद तरलता रु. ४३ लाख ८२ हजार पाँच सय ७१ रुपैँया २२ समेत बाँकी देखिदा देखिँदै लेखा परीक्षण गराउँदा नगद तरलतालाई लुकाई झुठा प्रमाण तयार पारी प्रतिवेदनहरु पेश गरेको पाइएकोले सहकारीमा दुई वटा लेखा परीक्षण प्रतिवेदन भेटिनु नै अनियमितता गर्ने र अनियमितता भएका कुरा लुकाउने प्रयासको ठोस प्रमाण हो ।त्यसैले दुई वटा लेखा परीक्षण गराई आर्थिक अनियमितता गरिएको प्रष्ट छ ।”समितिको प्रतिवेदनमा उल्लेख छ ।
सगुन शिक्षा आवासीय विद्यालयतर्फ आर्थिक वर्ष २०७३/०७४ देखि आर्थिक वर्ष ०७८/०७९ सम्मको देखाउनुपर्ने पेश्की विवरण,आम्दानी,भुक्तानी दिनुपर्ने हिसाबलाई भएको लेखा परीक्षणमा लेखा भौचर उठे अनुसारको लेखा परीक्षण प्रतिवेदन तयार नपारेको,नगद तरलता नदेखाएको तथा त्रुटीपूर्ण लेखा परीक्षण वासलात बनाएको पाइयो,हिसाब लुकाई संस्थाको विनियम विपरित रही शेयर सदस्य र संस्थाको हित विरुद्ध रही आर्थिक आर्थिक हिनामिना गरेको पाइएकोले उक्त तरलताको नगद रु.दुई करोड ७० लाख ३४ हजार आठ सय ३८ रुपैँया एक पैसा पूर्ण जिम्मेवारीको हैसियतले संस्थाका अध्यक्ष घिमिरेबाट असुल उपर गर्नु पर्ने समितिले निष्कर्ष निकालेको छ ।
समितिका संयोजक कार्कीका अनुसार संचालक समिति र विस्तारित बैठकमा समेत पास नगरि नवौ साधारण सभामा लेखापरिक्षण प्रतिवेदन पास गराउन खोज्नु र पास गराइएका लेखा परीक्षण प्रतिवेदन संस्था र शेयर सदस्यहरुको हित विपरित भएको साथै सम्पुर्ण क्रियाकलापको जिम्मेवारी सहकारीका अध्यक्ष घिमिरेकै हुने साथै सहकारी संचालक अध्यक्षको रुपमा रहेको जिम्मेवारी पाए(आर्थिक वर्ष २०७१÷०७२ )देखि कै लेखा परीक्षण झुठो भएको पाइएको हो ।नगद तरलता हुँदाहुँदै उक्त रकम मसौट गरि बिना आधार पेश्की वा खर्च नलेखि विभिन्न मितिमा चेकबाट रु ५९ लाख २८ हजार पाँच सय सहकारीका अध्यक्ष घिमिरे,टंक बहादुर बस्नेत र गोकुल नामका मानिसको नामबाट निकालेको पाइएको समितिका सदस्य निरौलाले जानकारी दिए ।
“लेखा व्यवस्थापन शत प्रतिशत नभएको,लेखा परीक्षण गराउँदा संस्थामै बसी हिसाब भिडाई परीक्षण गर्नुपर्नेमा आर्थिक वर्ष २०७८/०७९ सम्म नगरेको,त्रुटीपूर्ण रहेको कारण नगद तरलता फालेको अवस्था सिर्जना भएको,चेक वा नगदबाट रकम दिनुपर्ने कारणसहित प्रविष्टि तयार पार्नुपर्नेमा सो नगरि भुक्तानी दिएको र पेश्की पनि नजनाएको साथै फछट पनि नगरेको,भवन निर्माण गर्दा पार्टी वा व्यक्तिलाई दिइएको पेश्की रकम समयमै बिल भरपाई लिई पेश्की फछ्र्र्यौट गर्नु पर्नेमा सो नगरि पेश्की रकमको अनुमोदन निर्णय गराई अडिट रिपोर्टमा सम्पत्तिमा जोडी परीक्षण गरेको,पेश्की दिंदा लागत अनुमान नगरि बढी रकम भुक्तानी गरेको,भवन निर्माण उप समितिको संयोजक स्वयम् अध्यक्ष घिमिरे भई कमिटि निर्माण गरिएकोमा शुरुमा जम्मा एक पटकमात्र बैठक बसेको साथै पेश्की दिएका रकमहरुको प्राप्त बिल वा आवश्यक बिल मागि हरहिसाब गरि फछ्र्र्यौट गर्न निर्णयको सिफारिस संचालक समितिलाई गरि समयमै पेश्की फछर््यौट गर्नु पर्नेमा नगरेको पाइएको” समितिले निष्कर्ष निकालेको छ ।
त्यसैगरी,आफ्नो संस्थाको बैंक खातामा रकम जम्मा गरि आफ्नै बैक खाताको रकम नियमानुसार भुक्तानी दिने व्यवस्था हुनु पर्नेमा सो नभई सगुन बचत तथा ऋण सहकारी संस्था लि.हरिवन नगरपालिका ११ सर्लाहीको आन्तरिक बैंक खाताबाट संस्थाको भवन निर्माणमा पार्टी वा व्यक्तिलाई चेक रकम भुक्तानी र पार्टीको आन्तरिक बचत खातामा जम्मा गरि सगुन सहकारीले संस्थालाई दिएको ऋण मानि पेश्की जनाएको,संस्थाको दैनिक कारोबार भोल्टमा के कति रकम बैंकमा जम्मा भएको छ वा छैन् भन्ने निगरानी नगरेको,बैंक खातामा रकम नभएको अवस्थामा करिब ५ महिना पछिको चेक दिने गरेको र ऋण लिने संस्थाले बैंकबाट ऋण पाउने संस्थाको खातामा प्राप्त ऋण जम्मा गरेर मात्र चेक रकम व्यक्तिलाई उपलब्ध गराउनु पर्नेमा सो नगरी ऋण दिने संस्थाले आफ्नो आन्तरिक खाताको चेक दिई आन्तरिक खातामा समेत पैसा जम्मा गरेको देखाई ऋण प्राप्त गर्ने संस्थाले चेक र भौचरको प्रतिलिपी राखि हिसाब मिलान गरेको पाइएको समितिले निष्कर्ष निकालेको छ ।
समितिको राय ठहर के छ ?
“हरिवन नगरपालिका ९ स्थित नोचामा रहेको सगुन शिक्षा सहकारी संस्था लि.का २०७९ पुस ३० गते भएको नवौ बार्षिक साधारण सभामा लेखापरिक्षण प्रतिवेदन उपर विवाद भई एकै लेखापरिक्षकको दुईवटा लेखापरिक्षण प्रतिवेदन सम्बन्धमा र संस्थाको भए गरेका आर्थिक कारोबारको आर्थिक वर्ष ०७८÷०७९ सम्म कै आर्थिक रोबारको स्थलगत संस्था कार्यालयमै वसी हिसाब छानबिन गरि हेरि बुझि व्यवस्थापक थापासँग लिखित तथा मौखिक रुपमा बुझी कागजात छानविन गरि व्यवस्थापक थापाको २०७९ माघ १५ गतेको बयान बुँदा नं.७,८,१२ र १३ को लिखित जवाफलाई समेत आधार मानी २०७९ असार मसान्त सम्म बाँकी संस्थाले पाउनुपर्ने पेश्की रकम नियामानुसार समय मै फछौट नगराई (अन्य व्यक्ति र पार्टिको रकम ) हिसाब मसौट(आर्थिक हिनामिना गर्ने नियत राखेको,सबै लेखा परीक्षण मेल नखाएको,संस्थाको व्यवस्थापनमा संचालित विद्यालय समेतको लेखा परीक्षण त्रुटीपूर्ण गराइएको,नगद तरलता नदेखाएको र लेखा कम्प्युटरबाट समेत हिसाब हटाई लेखापरिक्षण गराईएको साथै संचालक समिति र विस्तारित बैठकमा समेत पास नगरि नवौ वार्षिक साधारण सभामा लेखापरिक्षण प्रतिवेदन पास गराउन खोज्नु झनै संस्था र शेयर सदस्यहरुको हित विपरित भएको हुँदा सम्पूर्ण क्रियाकलापको जिम्मेबारी संस्थाको अध्यक्षकै हुने हुँदा माथि उल्लेख गरिएको रकम रु तीन करोड ७५ लाख ९५ हजार नौ सय नौ रुपैँया २३ पैसा अनियमितता भएको संस्थाका अध्यक्ष घिमिरेबाट असुली उपर गर्नुपर्ने देखिन्छ साथै सहकारीतर्फ रु ४३ लाख ८२ हजार पाँच सय ७१ रुपैँया २२ पैसा र विद्यालय तर्फ नगद तरलता रु.दुई करोड ७० लाख ३४ हजार आठ सय ३८ रुपैँया एक पैसा गरी कुल रु तीन करोड १४ लाख १७ हजार चार सय नौ रुपैँया २३ पैसा र अर्काे रु ६१ लाख ७८ हजार पाँच सय विद्यालय समेतको गरी नगद तरलता सहित रु तीन करोड ७५ लाख ९५ हजार नौ सय नौ रुपैँया २३ पैसा अनियमितता भएकोले संस्थाका अध्यक्ष घिमिरेबाट असुली उपर गर्नुपर्ने ”समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साथै हालसम्म संस्थाको भवन निर्माणमा लागेको सामाग्रीहरु के कति लागेको हो ?सो को व्यवस्थित रेकर्ड नभएको,भवन निर्माण सम्पन्न पश्चात् नियमानुसार प्राविधिक मूल्यांकन समेत नभएकोले एकिन थाहा पाउन प्राविधिक मूल्यांङ्कन लगत र लागत इष्टिमेट गराउनुपर्ने देखिन्छ ।पेश्की व्यक्ति वा पार्टीलाई दिइएको रकममा प्राप्त भएको बिल रकमको लागत एकिन गरि नियमानुसार पेश्की फौट गर्नुपर्ने देखिन्छ ।बिल प्राप्त नभएका व्यक्ति वा पार्टीको हकमा नियमानुसार असुली उपर वा पेश्की फछ्यौट गर्नुपर्ने देखिन्छ।नगद तरलता सम्बन्धमा यथोचित छुटेका बिल भरपाई भएमा पछि पनि उक्त रकम थपघट गर्न सकिने मौकाबाट वञ्चित नगर्ने र समयावधि बढीमा साधारण सभा भएको मितिले ३ महिना अर्थात १० औँ साधार सभा भएको मितिबाट ९० दिन अर्थात २०८० चैत्र मसान्त भित्र संचालक समितिमा पेश गरि फरफराक गर्न पाउने मौका दिने र उक्त समय अवधिभित्र फरफराक नगरेमा नियमानुसार माथि उल्लेखित रकम निजको घरघरानाबाट समेत असुलउपर गर्न सिफारिस साथ अनुमोदनका लागि हार्दिक अनुरोध गर्दछौँ ।”समितिले संस्थाको १० औँ वार्षिक साधारण सभामा पेश गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सगुन शिक्षा सहकारी संस्था लि.को आठ वर्षको अन्तरालमा यतिठुलो रकम अनियमितता तथा बेरुजु भएपछि सगुन बचत तथा ऋण सहकारी संस्था लि.मा २० वर्ष अध्यक्ष हुँदा घिमिरेले कति रकम अनियमितता तथा बेरुजु गरे भन्ने कसैले आंकलन पनि गर्न नसक्ने जानकारहरु बताउँछन्।यता,सगुन शिक्षा सहकारी संस्था लि.को हिसाब किताब छानविन तथा सुझाब समितिलाई हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले समेत हिसाब मिलन गरि अनियमितता तथा बेरुजु नदेखाउन दवाव दिएका समेत पाइएको छ।सहकारीका अध्यक्ष घिमिरे जग्गा कारोवारी पनि भएकाले उनीसंग नगर प्रमुख बुढाथोकीले आफ्ना कार्यकर्ताहरु मार्फत जग्गा कारोवारीमा साझेदारी गरेका कारण अनियमितता तथा बेरुजु नदेखाउन दवाव दिएका स्थानीय जानकारहरुको भनाई छ ।
सो विषयमा बुझ्न फोन गर्दा“पत्रकारिताको इज्जत रहोस सहि र सत्य समाचार सम्प्रेषण गर्नु,म अध्यक्ष रहँदा हरिवन नगरपालिकाका नगर प्रमुख पनि त्यसको सन्चालक हुनु हुन्छ उहाँलाइ पनि सोध्नु एउटा व्यक्तिको कुरामात्र सुनेर हुँदैन,म अधक्ष रहँदा अरु जिम्मेवार साथीहरु पनि पदमा हुनु हुन्छ,उहाँहरु सँगपनि बुझ्नु,अनि समाचार लेख्दा राम्रो हुन्छ ।”सहकारीका अध्यक्ष घिमिरेले बताए ।उनी राष्ट्रिय स्वतन्त्रब पार्टीको कार्यकर्तापनि रहेका रहस्य बाहिरिएको छ ।साथै विद्यालयको भवन निर्माण गर्ने क्रममा ठेकेदारसंग २५ प्रतिशत कमिसनमा कुरा भएको समेत समितिले आश.का गरेको छ ।
भने सो विषयमा समितिले ठेकेदारसंग बुझ्दा आफुलाई केही थाहा छैन् ।सहकारीका अध्यक्ष घिमिरे नै जान्ने जवाफ आएको समितिले जनाएको छ ।सहकारीमा पछिल्लो समय आएका विक्रृतिहरुलाई अन्त्य गर्न स्थानीय तहहरुमा रहेका सहकारी विभागहरुले सहकारीहरुको नियमनका लागि विज्ञहरु राखेर मासिक रिपोर्ट लिने लगायतका काम गर्नु पर्ने सहकारी जानकाहरु बताउँछन् भने सगुन शिक्षा सहकारी संस्था लि.का अध्यक्ष घिमिरे सहकारी अभियान्ताको रुपमा आफुलाई परिचय दिने गरेका भएपनि उनैबाट सहकारी लुटिएको पाइएको हो ।