घुस नदिँदा दुग्ध विकास संस्थानका महा प्रवन्धक झालाई कार्बाही

1.9k Shares

नेपाल सरकारको कृषि तथा पशु पंक्षि विकास मन्त्रालयले घुस नदिएको भन्दै दुग्ध विकास संस्थानका महा प्रवन्धकलाई कार्बाही गरेको छ ।दुग्ध विकास संस्थानका महा प्रवन्धक संजिव झासंग संस्थानका अध्यक्ष वेद बहादुर क्षेत्रीले घुस रकम माग गरेपछि नदिँदा उनलाई कार्बाही गरिएको पाइएको छ । कृषि तथा पशु पंक्षि विकास मन्त्री डा.वेदुराम भुषालको सचिवालयका लागि भन्दै महाप्रवन्धक झासंग संस्थानका अध्यक्ष क्षेत्रीले पटक पटक घुस रकम माग गरेका थिए।विभिन्न बैँकहरुको खाता नम्बर पठाएर महाप्रवन्धक झासंग संस्थानका अध्यक्ष क्षेत्रीले रकम माग गरेका र पटक पटक ताकेता गरेका भएपनि महाप्रवन्धक झाले त्यसलाई वेवास्था गरेपछि उनलाई कार्यवधि सकिन दुई महिना बाँकी रहँदा नै पुस २२ गते जिम्मेवारी मुक्त गरेको हो ।
एक पटकमा ६ लाख सम्म रकम जम्मा गर्न र उक्त रकम आफ्नो लागि नभई मन्त्रालय उच्च स्रोतका लागि भन्दै संस्थानका अध्यक्ष क्षेत्रीले रकम मागे गरेका थिए तर संस्थानका महा प्रवन्धक झाले घुस नदिएपछि उनलाई कार्बाही गरि निमित्त महाप्रवन्धमा राजेन्द्र अधिकारीलाई नियुक्त गरिएको छ ।संस्थानका अध्यक्ष क्षेत्रीले मन्त्री डा.भुषालका मुख्य सचिव सुसिल भट्टाराई मार्फत वितरण हुने भन्दै विभिन्न मानिसहरुका खाता नम्बर पठाएका भएपनि महाप्रवन्धक झाले नदिँदा उनलाई जिम्मेवारी मुक्त गरेको पाइएको हो।कृषि मन्त्रालय,संस्थाका अधिकारीहरु र संस्थानका अध्यक्ष क्षेत्रीको मिलेमतोमा रकम माग भएको र सो नदिँदा महाप्रवन्धक झालाई पुस २५ गतेदेखि मन्त्रालयमा तानेको छ ।
संस्थानका अध्यक्ष क्षेत्रीले गुणस्तरहिन दुध व्यापारीहरुसंग संस्थानको कारोवार प्रणालिमा सहभागी गराउन महाप्रवन्धक झालाई पटक पटक दवाव दिएका समेत संस्थान स्रोतले जनाएको छ । संस्थान स्रोतका अनुसार महाप्रवन्धक झाले घुस रकम नदिँदा उनलाई कार्बाही गरि दुई महिना कार्यवधि बाँकी रहदै मन्त्रालयमा तानिएको हो ।तर संस्थानका अध्यक्ष क्षेत्रीले आफुले कुनै घुस रकम माग नगरेको बताएका छन् ।उनले आफुले कुनै किसिमको रकम माग नगरेको बताए।

सम्बन्धित समाचार