सर्लाहीको बलरा नगरपालिका ८ बाट जंगली जनावर बँदेल मार्दै गर्दा शुक्रबार पाँच जनालाई वन कार्यालयको टोलीले पक्राउ गरेको छ । बलरा नगरपालिका ८ को गडहिया डुमरिया मिलन चोक स्थित खेतमा जंगली जनावार बँदेल मार्दै गरेको भन्ने विषेश सुचनाको आधारमा पुगेको सव डिभिजन वन कार्यालय मलंगवा र इलाका प्रहरी कार्यालय गडहिया डुमरियाको प्रहरी टोलीले आठ वटा बँदेल मार्दै गर्दा पाँच जनालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय सर्लाहीका सूचना अधिकारी राकेश रन्जन दासले जानकारी दिए ।
उनका अनुसार बलरा नगरपालिका ८ को गडहिया डुमरिया मिलन चोक स्थित खेतमा जंगली जनावार बँदेल मार्दै गर्दा सात वटा बँदेल मृत अवस्थामा र एउटा बँदेल घाईते अवस्थामा साथै पाँच जनालाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिएको घाईते बँदेल पनि पछि मरेको साथै नियन्त्रणमा लिइएका मानिसहरुलाई डिभिजन वन कार्यालय सर्लाहीको नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए ।उनका अनुसार जंगली जनावर बँदेल मार्दै गर्दा पक्राउ गरिएका पाँचै जनालाई वन ऐन २०७६ र राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ अनुसार कार्बाही हुने छ ।डिभिजन वन कार्यालय सर्लाहीमा प्रमुख भएर डिभिजन वन अधिकृत अहमद् आएदेखि सर्लाहीको वन अतिक्रमण,चोरी तस्करी नियन्त्रण गर्नुका साथै लामो समयदेखि निस्क्रिय रहेका सामुदायिक वन समुहहरुलाई व्युताउने काम भई रहेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।