हरिवन ५ बाट तास खेलि रहेका ८ जना प्रहरीको नियन्त्रणमा

1.2k Shares

सर्लाहीको हरिवन नगरपालिका ५ घुर्कौलीबाट तास लेखि रहेको आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।हरिवन नगरपालिका ५ घुर्काैली स्थित सियाराम महतोको खेतमा निर्माण गरिएको घरमा जुवातास खेलीरहेका भन्ने विशेष सूचनाको आधारमा पुगेको ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले तास लेखि रहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हरिवन नगरपालिका ६ का अन्दाजी ३४ वर्षिय अशोक कुमार राई,हरिवन नगरपालिका ६ कै अन्दाजी ३९ वर्षका हर्कमान तामाङ, हरिवन नगरपालिका ५ का अन्दाजी ४५ वर्षका सियाराम महतो,हरिवन नगरपालिका ५ का अन्दाजी वर्ष ३८ का मोहन प्रसाद फुयाल,हरिवन नगरपालिका ६ का अन्दाजी वर्ष २६ का साजन कुमार मोक्तान,हरिवन नगरपालिका ७ का अन्दाजी वर्ष ५० का निर्मल कुमार घिसिङ,हरिवन नगरपाकिला ६ का अन्दाजी बर्ष ३५ का श्रवण कुमार सिंह र जिल्ला लालबन्दी नगरपालिका ७ का अन्दाजी वर्ष  ५२ का श्रीनारायण साहलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख इवम प्रहरी निरिक्षक अनिलराज गिरीले जाकनारी दिए ।
उनका अनुसार तास खेलि रहेका आठ जनाको साथबाट नगर रु ३८ हजार चार सय १० र भारतिय रुपैया तीन हजारका साथै मेघा बैक नेपाल लिमिटेडको पाँच थान चेकका साथै नखोलेको नौ  बुक र उनीहरुले खेलीरहेको तीन सय ३१ पत्ति तास बरामद भएको छ ।उनीहरुलाई ईलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखेर आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार