मधेश प्रदेशमा पनि कटन क्याण्डी विक्री वितरणमा प्रतिबन्ध

2.1k Shares


खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले अखाद्य वस्तुको रुपमा रहेको कटन क्याण्डी जफत गरि नष्ट गर्ने अभियान सुरु गरेको छ ।सरकारले स्वास्थ्यका लागि हानीकारक रहेको ठहर गर्दै कटन क्याण्डी विक्री वितरणमा रोक लगाएपछि कार्यालयले विहीबारबाट जनकपुरमा कटन क्याण्डी जफत गरि नष्ट गर्ने अभियान सुरु गरेको कार्यालयका खाद्य निरिक्षक प्रवीण तिवारीले जानकारी दिए ।
कट्न क्याण्डी बनाउनमा प्रयोग गरिएको रङ्ग अखाद्य रहेको भन्दै नेपाल सरकारले सो अभियान सुरु गरेपछि आफुहरुले पनि सुरु गरिएको कार्यालयका खाद्य निरिक्षक तिवारीले बताए ।कट्न क्याण्डी बेच्नबाट रोक लगाउदै विक्री वितरणका लागि अनुज्ञापत्र लिई लेबल विवरण पुर्णरुपमा खुलाई विक्री वितरण गर्न र अनुमती नलिई बिक्रि वितरण नगर्न निर्देशन दिइएको खाद्य निरिक्षक प्रमोद बुढाथोकीले बताए ।
खास गरि बालबालिकाहरुले खादै आएको कट्न क्याण्डीमा रोडा माइन विको नामको अखाद्य रंग प्रयोग गर्दै आएको र सो स्वास्थ्यका लागि निकै हानिकारक रहेकोले सरकारले माघ ८ गते देखि सूचना नै जारी गरि विक्री वितरणमा रोक लगाउन निर्देशन दिएको खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख हस्त बहादुर राईले बताए ।उनले विना इजाजतको अब देखि पुनःबेचिए वा उत्पादन गरेको पाइए वा निर्देशन अटेर गरेको भेटिए कडा कारवाही गरिने बताए ।
यता कृषि तथा पशुपन्छी विकास कार्यालयले जारी गरेको सूचनामा विभिन्न स्थानमा सडकपेटी,बजार,मेला लगायतमा विक्री वितरण भइरहेको रंगिन कट्न क्याण्डीमा मानव स्वास्थ्यमा असर पुरयाउने अखाद्य रंग रोडा माइन विको प्रयोग भएकोले विभागबाट अनुज्ञापत्र पत्र प्राप्त गरि लेवल लगाइएका बाहेकका कटन क्याण्डी उपभोग नर्गन अनुरोध गरेको छ । साथै विक्री वितरण नगर्न नगराउन र कानुनको बर्खिलाप गए कडा कारवाही हुने सूचनामा भनिएको छ ।
कटन क्यान्डीमा चिनीको मात्रा बढी,प्राकृतिक केमिकल,अखाद्य पदार्थ रहने भएकाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने चिकित्सकअरुको भनाई छ ।कटन क्यान्डीले दाँतमा किरा लाग्ने,तौल बढाउने,स्मरण शक्तिमा कमी,पिसाबमा रङ देखिने लगायत समस्या हुने चिकित्सकहरुको भनाई छ ।

सम्बन्धित समाचार