नेकपा(माओवादी केन्द्र) सर्लाहीका तत्कालनि इन्चार्ज स्व.डाचाराज वाग्लेको तेस्रो स्मृती दिवश बागमतीमा मनाइएको छ।बागमती नगरपालिकाको सभाहलमा आईतबार एक कार्यक्रम गरि शहिद वाग्लेको तेस्रो स्मृती दिवश बागमतीमा मनाइएको माओवादी केन्द्र बागमती नगर कमिटिका अध्यक्ष चित्र बहादुर तुम्सिङ(कुमार)ले जानकारी दिए ।उनका अनुसार तेस्रो स्मृती दिवशको अवसरमा शहिद वाग्लेको तस्विरमा अविर तथा फुलमाला सहित श्रद्धाञ्जली अर्पण गरिएको थियो । माओवादी केन्द्र बागमती नगर कमिटिका अध्यक्ष तुम्सिङको अध्यक्षता एवम माओवादी केन्द्रका केन्द्रीय सदस्य लुमणी धिमाल(लोचन)को प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम माओवादी केन्द्रका केन्द्रीय सदस्य लोचनले शहिद वाग्लेले चालेका कदम अनुसार समाज रुपान्तरणको लागि पहल गरेमात्र शहिद वाग्ले प्रति सच्चा श्रद्धाञ्जली व्यक्त हुने बताए।उनले पार्टीका सच्चा योद्धा शुद्धखोर विरुद्धको अभियानका सत्तिसाल शहिद वाग्ले सधैँ सर्वहारा र गरिखाने वर्गको पक्षमा लागि रहेकै कारण रहस्यमय सवारी दुर्घटनामा सहादत भएका समेत बताए । तत्कालिन सरकारको प्रतिगमनको बिरुद्धको बरहथवामा भएको आन्दोलनलाई सम्बोधन गरेर पुर्व पश्चिम लोकमार्ग तर्फ आउदै गर्दा बरहथवा नयाँरोड सडक खण्ड अन्तरगत मुर्तिया जंगलमा रहस्यमय सवारी दुर्घटनामा शहिद वाग्लेको ज्यान गएको थियो ।
घटनाको पार्टी,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो(सिआईबी) र प्रहरी टोलीले समेत अनुसन्धान गरेको भएपनि चित्त बुझदो जवाफका साथै घटनाको रहस्य पत्ता लाग्न नसकेको माओवादी केन्द्र हरिपुर नगर कमिटि उपाध्यक्ष एवम शहिद वाग्लेकी धर्मपत्नी मिश्रले बताईन् । शहिद वाग्लेको रहस्यमय सवारी दुर्घटनाको विषयमा थप अनुसन्धान हुनु पर्ने उनले माग राखिन् ।
शहिद वाग्लेको तेस्रो स्मृती दिवशको सभामा माओवादी केन्द्र मधेश प्रदेशका सचेतक एवम प्रदेश सभा सदस्य जवाहरलाल कुशवाह,हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुडाथोकी (कमल),बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा,उप प्रमुख लिला कुमारी मोक्तान,माओवादी केन्द्र बरहथवा नगर कमिटिका अध्यक्ष सुमन थापा, माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष ताराराज पन्त(अजुर्न), माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसिएल नेपाल)का निवर्तमान प्रदेश कमिटि अध्यक्ष मोहनलाल श्रेष्ठ(सन्देश) र माओवादी केन्द्र हरिपुर नगर कमिटि उपाध्यक्ष एवम शहिद वाग्लेकी धर्मपत्नी सरस्वती मिश्र लगायत माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसिएल नेपाल)का केन्द्रीय सचिव समिर बराईली, माओवादी केन्द्र हरिवन नगर कमिटि सचिव गौरी महतो,माओवादी केन्द्र हरिपुर नगर कमिटि अध्यक्ष सुनिल बुढाथोकी र माओवादी केन्द्रका नेता टिका दर्लामीको विशेष उपस्थिति रहेको माओवादी केन्द्र बागमती नगर कमिटि सचिव हरि खड्काले जानकारी दिए ।