१० किलो गाँजा सहित तीन जना रौतहट प्रहरीको नियन्त्रणमा

1.2k Shares

रौतहटको देवाही गोनाही नगरपालिका ०८ गोनाही बजार स्थित संग्रालय नजिक सार्वजनिक सडक खण्डबाट  प्रहरीले प्रतिवन्धित लागु औषध गाँजा र अटोसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।देवाही गोनाही नगरपालिका ०८ गोनाही बजार स्थित संग्रालय नजिक सार्वजनिक सडक खण्डमा सवारी साधन तथा पैदल यात्रुहरु चेकजाँच गर्ने क्रममा जयनगर देखी गोनाही बजार तर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ह २५२४ नम्बरको अटोलाई शंका लागि रोकी चेकजाँच गर्दा अन्दाजी १० किलो तीन सय ग्राम प्रतिवन्धित लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उक्त अटोमा दुई वटा जेब्रा झोला भित्र लुकाई छिपाई ल्याउँदै गरेको अन्दाजी १० किलो तीनसय ग्राम प्रतिवन्धित लागु औषध गाँजा सहित अटोका चालक सर्लाहीको बागमती नगरपालिका १२ बथानेका अन्दाजी ११ वर्षका राजन मोक्तान,सोही अटोमा सवार बागमती नगरपालिका १२ बथाने कै अन्दाजी २३ वर्षका सुजन मोक्तान र बागमती नगरपालिका १२ बथानेका अन्दाजी २९ वर्षकी असली माया वललाई नियन्त्रणमा लिएको रौतहट प्रहरीले जनाएको छ ।प्रतिवन्धित लागु औषध गाँजा सहित नियन्त्रणमा लिइएका मानिसहरु र अटो ईलाका प्रहरी कार्यालय देवाही गोनाहीको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार