लाभांश हिनामिनामा सहकारीका अध्यक्ष,प्रवन्धक र घरधनीको मिलेमतो रहेको शेयर सदस्यहरुको आरोप

1.4k Shares

सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुर स्थित रहेको श्रीराम बचत तथा ऋण सहकारी संस्था लि.ले लाभांश नदिएको भन्दै शेयर सदस्यहरुले गुनासो गरेका छन् ।लालबन्दी नगरपालिका १ नवलपुर स्थित रहेको श्रीराम बचत तथा ऋण सहकारी संस्था लि.ले १८ प्रतिशत लाभांश प्राप्त गरेको भएपनि शेयर सदस्यहरुले पाउनु पर्ने लाभांश नदिएको शेयर सदस्यहरुले गुनासो गरेका हुन ।
आफुहरुले राखेको शेयर रकम र लाभांश माग्दा सहकारीका अध्यक्ष राम प्रमोद महतो,प्रवन्धक तिर्थ नारायण महतोका साथै घरधनी रामेश्वर महतो र खुसिलाल महतोले विभिन्न किसिमका धम्की लगाउने गरेको शेयर सदस्यहरुको गुनासो छ ।
केही महिना पहिला भएको साधारण सभामा संस्थाले १८ प्रतिशत लाभांश प्राप्त गरेको आर्थिक हिसाब किताब पेश गरेको भएपनि आफुहरुलाई १४ प्रतिशत भन्दा बढी लाभांश नदिएको एक शेयर सदस्यले गुनासो गरे ।उनका अनुसार सहकारीले ऋण लगानी गर्दापनि सम्झौता गर्दा १२ प्रतिशत ब्याजदर भन्ने र पछि १८ प्रतिशत सम्म ब्याजदर असुल्ने गर्नुका साथै ऋण माग्न जाँने सदस्यहरुसंगबाट एक लाखमा १० हजार विभिन्न बाहनामा काट्ने गरेको बताए ।
ऋण खाएका शेयर सदस्यहरुलाई पनि ऋण चुक्ता गरि सकेपनि धितो तथा कागजात फिर्ता समेत नगर्ने गरेको अर्का शेयर सदस्यले बताए ।सहकारीले कुल मुनाफाको ४० प्रतिशत रकम मात्रै शेयर सदस्यहरुलाई बाँडेर बाँकी रहेको ६० प्रतिशत रकम अनियमितता गरेको अर्का शेयर सदस्यले गुनासो गरे ।
उनका अनुसार घरधनी राममेश्वर र खुसिलाल समेत सहकारीको विशेष पदमा रहेका र उनीहरुले पनि ऋण लिएका शेयर सदस्यहरुलाई अनावश्यक धम्क्याउने गरेका बताए । सहकारीका अध्यक्ष राम प्रमोद,प्रवन्धक तिर्थ नारायणका साथै घरधनी रामेश्वर र खुसिलाल समेत मिलेर सहकारीको रकम अनियमितता गरेका शेयर सदस्यहरुको आरोप छ ।सो विषय बुझ्न कमलामाई मिडिया प्रा.लिले सहकारीका अध्यक्ष राम प्रमोदलाई फोन गर्दा उनले फोन उठाएनन् ।

सम्बन्धित समाचार