२९ औँ जनयुद्ध दिवशको अवसरमा नेकपा(माओवादी केन्द्र) सर्लाहीले जिल्लाका विभिन्न स्थानमा दिप प्रज्वलन गरेको छ ।२०५१ फागुन १ गते अर्थात आजैका दिनवाट दुई सय ५० वर्षिय तानाशाही शासन व्यावस्थाका विरुद्ध माओवादीले जनयुद्ध घोषणा गरेको र सोही दिनको सम्झनामा दिन प्रज्वलन गरिएको माओवादी केन्द्र हरिवन नगर कमिटिका सचिव गौरी महतोले जानकारी दिए ।
माओवादी केन्द्र सर्लाहीका विभिन्न जनवर्गिय संगठनहरुका साथै मातृ पार्टी माओवादी केन्द्रले पनि स्थानीय तहगत कमिटिहरुको आयोजनामा बुधबार साँझ ऐतिहासिक जनयुद्धको सम्झना गर्दै २९ औँ जनयुद्ध दिवशको अवसरमा दिप प्रज्वलन गरेको हो ।तत्कालीन माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । १२ वर्ष समम चलेको सशस्त्र युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु भयो । हजारौँ घाइते भए भने सयौँ अझैँ पनि वेपक्ता छन् ।महान ऐतिहासिक जनयुद्धकै उपलब्धी संघिय लोकतान्त्रीक गणतन्त्र नेपाल सहितको गणतान्त्रिक संविधान निर्माण भएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
सर्र्वहारा वर्ग,शोशित,उत्पीडित वर्गहरुको हक अधिकारको लागि दुई सय ५० वर्षे तानाशाही शासकहरुसँग लडेको लडाईको सम्झनामा नेपाल सरकारले अघिल्ला वर्षहरुमा सार्वजनिक विदा दिने गरेको भएपनि यस वर्ष सार्वजनिक विदा नदिएको भएपनि देशभरका धेरै स्थानीय तहहरुले स्थानीय तहगत विदा दिएका थिए ।सर्लाहीको हरिवन नगरपालिका,बागमती नगरपालिका,बलरा नगरपालिका र रामनगर गाउँपालिकामा माओवादी केन्द्रले जितेको भएपनि सार्वजनिक विदा भने दिइएन् ।