ईप्रका लालबन्दीका प्रमुख प्र.नि केसीको चर्काे असुली,सर्वसाधारणलाई अनावश्यक सास्ती

1.6k Shares

सर्लाहीको ईलाका प्रहरी कार्यालय लालबन्दीले कमिसन नदिँदा स्थानीय सर्वसाधारणलाई अनावश्यक दुःख दिने गरेको गुनासो आएको छ।केही पहिला आफुले काम गरेको पैसा लिन गएका दुई किशोरलाई चोर भन्दै केही स्थानीयले नियन्त्रण लिएर ईलाका प्रहरी कार्यालय लालबन्दीको जिम्मा लगाएका थिए ।


तर पछि उनीहरु चोर नरहेका पाईएपछि जसले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए उनीहरु नै छुटाउन ईलाका प्रहरी कार्यालय लालबन्दी गएका भएपनि ईलाका प्रहरी कार्यालय लालबन्दीले चोर थिएनन् भने पहिला नियन्त्रणमा लिएर प्रहरीलाई किन बुझाएको भन्दै प्रति प्रश्न गरेपछि प्रहरीको नियतमाथि शंका सृजना हुन थालेको थियो ।
त्यसपछि प्रहरीको नियन्त्रणमा रहेका दुई युवाका अभिभावकहरुलाई ईलाका प्रहरी कार्यालय लालबन्दीमा बोलाएर प्रहरी निरिक्षक हरिबोल केसीका सुरक्षागार्ड प्रहरी जवान शिव बोहोरा मार्फत १२ हजार पाँच सयका दरले रु २५ हजार रकम दिए चाँडै २/३ दिनमै दुवै युवालाई छाड्ने बताएपछि पीडित युवाहरुका अभिभावकहरुले साहु महाजनसंग रकम माग गरे । तर कहिकतै रकम खोज्दा पनि नपाएपछि सो पैसा कमिसन दिन सकेनन् ।
त्यसपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सार्वजनीक मुद्धा चलाएको ईलाका प्रहरी कार्यालय लालबन्दीले दुवै युवालाई धरौट भन्दै रु नौ हजार पाँच सयका दरले १९ हजार धरौटीमा २५ औँ दिनमा तारेखमा रिहा गर्यो तर सो समयमा पनि ईलाका प्रहरी कार्यालय लालबन्दीको मुद्धा शाखाका प्रहरी हबल्दार संजिव यादवले प्रहरी निरिक्षक केसीको नाममा उनकै निर्देशनमा तीन हजारका दरले दुवै युवासंग गरी छ हजार रकम माग गरेका पीडित पक्षले कमलामाई मिडिया प्रा.लिलाई बताए।पीडित युवाहरुका अभिभावकहरुले दुई हजार पाँच सयका दरले दुई युवाको रु पाँच हजार कमिसन दिनै पर्ने बाध्यातामा पारेपछि कमिसन दिएको भन्दै कमलामाई मिडिया प्रा.लि.लाई बताएको भिडियो प्रमाण सुरक्षित रहेको छ ।त्यसपछि ईलाका प्रहरी कार्यालय लालबन्दीले सर्वसाधारणहरुलाई अनावश्यक दुःख दिएर कमिसन असुली चर्काएको पाइएको हो।
पीडित युवाहरुका अभिभावकहरुका अनुसार ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक केसीका सुरक्षागार्ड प्रहरी जवान बोहोराले सिधै कमिसन रकम माग गर्नु ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक केसीको निर्देशन हो भन्ने पीडित पक्षको आरोप छ भने ईलाका प्रहरी कार्यालय लालबन्दीका मुद्धाका हबल्दार यादवले पनि ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक के.सीलाई मद्यिरा खान रकम दिनुपर्ने भन्दै दुई हजार पाँच समयका दरले पाँच हजार लिएपछि ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक के.सी कमिसनमा तल्लीन भएका पुष्टि भएको हो ।सामान्य परिवारका मानिसहरुलाई अनावश्यक दुःख दिएर कमिसन असुलीन्छ भने आर्थिक रुपमा सम्पन्न मानिसहरुबाट कति कमिसन असुलीन्छ होला भन्नेमा आफुहरु अन्यौलमा परेको पीडितको भनाई छ ।
यता,ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक के.सीले प्रहरी कर्माचारीहरुलाई गर्ने व्यावहार पनि राम्रो नभएको पाइएको छ ।उनले प्रहरी कर्माचारीहरुलाई अनावश्यक गालिगलौज गर्ने,अपशब्दहरु बोल्ने साथै घुमुवा परिचालन गरेर ईलाका प्रहरी कार्यालय लालबन्दी क्षेत्रका होटलहरुका साथै अन्य विभिन्न किसिमका व्यापार व्यावसाय गर्नेहरु र नदीजन्य पदार्थहरु दोहन कर्ताहरुसंग चर्को कमिसन असुल्ने गरेका प्रहरी स्रोतको दाबी छ ।

सम्बन्धित समाचार