1.8k
Shares
सर्लाहीको बागमती नगरपालिका १२ बथाने स्थित नयाँ बस्तीमा गएराति एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ ।बागमती नगरपालिका १२ बथाने स्थित नयाँ बस्तीकी अन्दाजी ४५ वर्षिय एकल महिला गोरीमाया वि.कमाथि अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाईएकी वि.कलाई स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारको लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।हतियार प्रहार गर्ने व्यक्तिको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।