महोत्तरीको सम्सी २ मा कलश यात्राको क्रममा दुई पक्षबिच झडप

1.9k Shares

महोतरीको सम्सी गाउँपालिका २ स्थित पर्सा गाउँमा दुई पक्षबिच झडप हुँदा प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ।शनिबार अपराह्न सो गाउँमा दुई पक्षबिच झडप हुँदा प्रहरीले चार राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।पर्सा गाउँमा शनिबारदेखि सुरु भएको महावीर भण्डा मेलाको कलश यात्राका क्रममा तनाव चर्केपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाले ताए ।उनका अनुसार झडपका क्रममा एक जना प्रहरी जवानसहित तीन जना सामान्य घाइते भएका छन् ।
कलश यात्राका क्रममा डिजे बजाउने र बजाउन नदिने विषयमा विवाद भएको स्थानीयले बताएका छन्।आक्रोसित समूहले सम्सी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष सेख अनवारुल हकको ज ३ प ७९६ नम्बरको मोटरसाइकलमा आगजनी समेत गरेका महोत्तरी प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार