सर्लाहीको हरिवन नगरपालिका ६ स्थित चार्लिकबाट वनक्षेत्र अतिक्रमणमा संग्लग्न रहेका चार जनालाई डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीले नियन्त्रणमा लिएको छ ।हरिवन नगरपालिका ६ स्थित चार्लिकमा सागरनाथ वन विकास परियोजनाको क्षेत्रमा घर टहरा बनाइएको र वन अतिक्रमण गरि खेतीपाती गरिएको पाइएपछि डिभिजन वन कार्यालय लालबन्दी,सर्लाही र सव डिभिजन वन कार्यालय जानकीनगरले अतिक्रमण आफैँ हटाउन स्थानीयलाई पटक पटक आग्रह गर्दापनि अटेर गरेपछि बिहीबार अतिक्रमण हटाउन गएको वनको टोलीसंग विवाद भएपछि चार जना महिलालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका सुचना अधिकारी राकेश रन्जन दासले जानकारी दिउ ।

उनका अनुसार डिभिजन वन कार्यालय लालबन्दी,सर्लाही,सव डिभिजन वन कार्यालय जानकीनगर र सागरनाथ वन विकास परियोजनाका कर्माचारीहरु संयुक्त रुपमा अतिक्रमित क्षेत्रमा पुगेर अतिक्रमित घर टहरा हटाउन थालेपछि सो क्षेत्रमा बसोबास गरि रहेका स्थानीयले अवरोध गर्न खोजेर विवाद सृजना गरेका थिए ।त्यसपछि चार जना महिलालाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीमा महिला थुनुवा कक्ष नभएकाले ईलाका प्रहरी कार्यालय प्रहरी कार्यालय लालबन्दीको थुनुवा कक्षमा राखेर अनुसन्धान सुरु गरिएको सव डिभिजन वन कार्यालय जानकीनगरका प्रमुख एवम सहायक वन अधिकृत हिरोहित चौधरीले जानकारी दिए ।
उनका अनुसार हरिवन नगरपालिका ६ स्थित चार्लिकमा सागरनाथ वन विकास परियोजनाको क्षेत्रमा निर्माण भएका नयाँ पुराना गरि करिब २० वटा घर टहरा भत्काईएको छ ।पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा भुमिहिन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको व्यावस्थापनको नाममा वन क्षेत्र अतिक्रमणको चपेटामा परेको पाइएको छ ।



