ग्याँस,चुल्हो खरिदमा बसबरियाका अध्यक्ष रायले ठूलो आर्थिक अनियमितता गरेका अन्य जनप्रतिनिधिहरुको आरोप

1.3k Shares

सर्लाहीको बसबरिया गाउँपालिकामा ग्याँस,चुल्हो खरिदमा ठूलो रकम अनियमितता भएको पाइएको छ ।बसबरिया गाउँपालिकाले करिब दुई वर्ष पहिला करिब रु दुई करोड ३४ लाखमा रु दुई हजार सात सय १५ वटा ग्याँस चुल्हो खरिद गर्दा ठूलो रकम आर्थिक अनियमितता गरेको पाइएको हो ।गाउँपालिकाका विपन्न र असहाय नागरिकहरुलाई वितरण गर्ने भनि खरिद गरिएको ग्याँस र चुल्होमा गाउँपालिका अध्यक्ष राम सिंहासन रायले आफुखुसी गाउँ कार्यपालिकामा छलफल नै नगराई सार्वजनिक खरिद नियमावली विपरित ग्याँस,चुल्हो खरिद गरेका भन्दै गाउँपालिका उपा अध्यक्ष सरिता कुमारी सहितका अन्य जनप्रतिनिधिहरुले विरोध जनाएका छन् ।
बसबरिया गाउँपालिकालाई धुवाँ मुक्त समाज निर्माणको लागी भन्दै प्रदेश सरकारको रु ६७ लाख र गाउँपालिकाको करिब रु एक करोड ६७ लाख गरि करिब रु दुई करोड ३४ लाखमा दुई हजार सात सय १५ वटा ग्याँस चुल्हो खरिद गरिएको भनिए पनि एक हजार आठ सय वटा ग्याँस चुल्हो मात्रै खरिद गरिएको पाइएको बसबरिया गाउँपालिका २ का वडा अध्यक्ष विन्देश्वर रायले बताए ।
ग्याँस,चुल्हो खरिद गरेको एक वर्ष १० महिनामा गाउँपालिका अध्यक्ष रायले आफुखुसी एक हजार चार सय ग्याँस,चुल्हो वितरण गरि सकेका भएपनि सोको हिसाब किताब माग गर्दा उनले कुनै हिसाब किताब सार्वजनिक नगरेका कारण ठूलो रकम अनियमितता भएको पाइएको वडा अध्यक्ष विन्देश्वरले बताए ।
उनका अनुसार गाउँपालिका अध्यक्ष रायले दुई हजार सात सय १५ वटा ग्याँस,चुल्हो खरिद गरेको बताएपनि आफुहरुले स्टोरमा रहेका ग्याँस,चुल्होको गणना गर्दा एक हजार आठ सय वटा मात्रै ग्याँस चुल्हो खरिद गरेको पाइएपछि हिसाब किताब सार्वजनिक गर्न माग गर्दा नदिएपछि गाउँपालिका अध्यक्ष रायले ग्याँस,चुल्हो खरिदमा ठूलो रकम अनियमितता गरेका पाइएको बताए ।
उनले आर्थिक वर्ष २०७९/०८० को गाउँपालिकाको कुल बजेटको जम्मा पुजिगत तर्फको करिब रु चार करोडको मात्रै गाउँपालिका अध्यक्ष रायले हिसाब देखाएका र बाँकी रहेको करिब रु ३१ करोड रकमको हिसाब किताब नदेखाएका कारण आफुहरुले गाउँ सभामा विरोध जनाएको समेत बताए । ६ वटा वडा रहेको बसबरिया गाउँपालिकामा १४ जना कार्यापालिका र ३४ जना गाउँ सभा सदस्यहरु रहेका भएपनि १० जना गाउँ सभा सदस्यहरु लिएर गाउँपालिका अध्यक्ष रायले आफुखुसी सभा सदस्यहरु लिएर गाउँपालिका अध्यक्ष रायले आफुखुसी घर घरमा माइनोट पुर्याएर हस्ताक्षर गराए पनि बहुमत नपुगेपछि बसबरिया गाउँपालिका २ की वडा सदस्य सुनैना देवी सहनीको हस्ताक्षर किर्ते गरी बहुमत पुर्याएका समेत बताए ।
ग्याँस चुल्हो खरिदमा पनि सार्वजनिक खरिद नियमावली विपरित आफ्ना भन्जा रामा शंकर रायलाई गोप्य रुपमा ठेक्का दिएर ग्याँस,चुल्हो खरिद गरिएको,दुई हजार सात सय १५ वटा भनि एक हजार आठ सय वटा ग्याँस,चुल्हो मात्रै खरिद गरिएको,सबै ६ वटै वडाका विपन्न र असहायलाई प्रति वडा पाँच सय ३४ वटाका दरले वितरण गर्ने भनिएको भएपनि सो नगरेको,गाउँपालिका उपा अध्यक्ष सहित कुमारीका साथै कुनैपनि वडाका वडा अध्यक्षहरुसंग समन्वय नगरि आफु खुसी काम गरिएको साथै प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समिति सभापति समेतको रोहबरमा छलफल हुँदा हिसाब किताब सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका भएपनि कुनै वेवास्था गरेका कारण आफुहरुले गाउँ सभा रद्ध गरि पाउँ भनि अदालतमा उजुरी गरेको समेत बसबरिया गाउँपालिका २ का वडा अध्यक्ष विन्देश्वरले बताए साथै हस्ताक्षर किर्ते मुद्दा हाल जिल्ला अदालत सर्लाहीमा चली रहेको समेत उनले बताए ।
यता, गाउँपालिका अध्यक्ष रायले कमलामाई मिडिया प्रा.लि.संग कुरा गर्दै विपक्षीले अदालतमा मुद्धा हालेका कारण समयमै ग्याँस चुल्हो वितरण गर्न नभएको र फागुन १६ गते बुधबारबाट गाउँपालिका भित्रका विपन्न नागरिकहरुलाई ग्याँस चुल्हो  वितरण गर्ने बताए ।“मधेशको वानी तपाईलाई थाहै छ,बहुमतले गरेको गाउँ परिषद्मा पनि उपाअध्यक्ष सहितले विरोध गरि उच्च अदालत जनकपुर र जिल्ला अदालत सर्लाहीमा मुद्धा गरेपछि आफु अन्यौलमा रहेको र सहमती भए नभएपनि फागुन १६ गते बुधबारबाट ग्याँस चुल्हो वितरण हुन्छ ।”गाउँपालिका अध्यक्ष रायले कमलामाई मिडिया प्रा.लि.लाई बताए ।
ग्याँस,चुल्हो खरिदमा ठूलो आर्थिक अनियमितता भएको तपाईकै गाउँपालिकाका उपा अध्यक्ष सहित अन्य जनप्रतिनिधिहरुले आरोप लगाएका छन् नी ?भन्ने कमलामाई मिडिया प्रा.लि.को प्रश्नमा त्यसमा कुनै सत्यता नरहेको बताए ।
त्यस्तै,गाउँपालिका अध्यक्ष रायले फागुन १६ गतेबाट बाँकी रहेको ग्याँस,चुल्हो वितरण गर्ने बताएका छन् ?तपाईहरुसहमत हुनुहुन्छ ?भन्ने कमलामाई मिडिया प्रा.लिको प्रश्नमा बसबरिया गाउँपालिका २ का वडा अध्यक्ष विन्देश्वरले “ग्याँस,चुल्हो खरिदमा भएको हरहिसाब सार्वजनिक नगर्दा सम्म ग्याँस,चुल्हो वितरण गर्न लागे दुर्घटना निम्त्तन सक्ने भन्दै हरहिसाब सार्वजनिक नगरि ग्याँस,चुल्हो वितरण नगर्न गाउँपालिका अध्यक्ष रायसंग आग्रह गरे ।
गाउँपालिकाका जनप्रतिनिधिहरु विचको विवादका कारण अलपत्र अवस्थामा स्टोरमा थन्किएको ग्याँस,चुल्होको पिघमा खिया लाग्न थालिसकेका कारण दुर्घटनाको खतरा बढेको स्थानीयले बताएका छन् ।खुल्ला आकाश मुनी लामो समयदेखि राखिएको गयँस,चुल्होबाट दुर्घटना नमितेस भनेर आफुहरुले पटक पटक स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको भएपनि जोखिम न्यूनीकरण गर्न कोही गंभिर नभएका स्थानीयले बताएका छन् ।
६ वटा वडा रहेको बसबरिया गाउँपालिकामा अध्यक्ष राय,उपा अध्यक्ष सरिता कुमारी सहित वडा नम्बर १ का शिवेन्द्र मोहन यादव,४ का राजेन्द्र प्रसाद साह र ५ का राम चन्द्र राय जनता समाजवादी पार्टी(जसपा)बाट निर्वाचित भएका छन् भने वडा नम्बर २ का विन्देश्वर राय र ३ का नन्दलाल महतो नेपाली कांग्रेसबाट र वडा नम्बर ६ का नागेन्द्र प्रसाद साह नेकपा(एमाले)बाट निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार