विराटनगर हिन्दु-मुस्लिम बिच झडप: सुरक्षा कायम गर्न ५ सय बढी प्रहरी फिल्डमा

1.8k Shares

विराटनगर, ५ बैशाख । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा भएको हिन्दु मुस्लिमको झडप लाई शान्त बनाउन ५ सय भन्दा बढी प्रहरी परिचालन गरिएको छ । 

 रामनवमीको र्‍यालीमा मुस्लिम समुदायले अवरोध गरेपछि उत्पन्न भएको झडपलाई संयम बनाउन जिल्ला प्रहरी कार्यालय मोरङले ५ सय ७५ जना प्रहरी खटाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । 

रिपब्लिक नेपाल सँग कुरा गर्दै उनले अहिले अवस्था सामान्य हुँदै गएको र अवस्था नियन्त्रणमा लिन ५ सय ७५ जना प्रहरी फिल्डमा परिचालन गरिएको बताए ।

सोही झडपमा परेर एक बालक समेत घाइते भएको उनले बताए ।  अहिले सम्म बालकको पहिचान भने खुल्न नसकेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार