गिरिबन्धु टि-स्टेट जग्गाः ओलीलाई देउवाको कडा जवाफ (भिडियो)

2.6k Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्र्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि—स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन् ।

देउवाले अदालतले फैसला गरेपछि गिरिबन्धु टिस्टेटको निर्णय कांग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेको कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भन्दै प्रश्न गरेका छन् । यस्तै गलत कुरा केपी ओली सरहको नेताले भन्न नसुहाउने देउवाको भनाई छ ।
के भनेका थिए केपी ओलीले ?

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले गिरीबन्धु टि—स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप आरोप लगाएका थिए । सरकारमा रहँदा ओलीले टि-स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप कांग्रेसले लगाइरहेका बेला ओलीले काग्रेस नेतृत्वको तत्कालिन सरकारले १९ विगाहा र ५१ विगाहा टि स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानविन गर्नुपर्ने माग समेत राखेका थिए । उनले कांग्रेसले गरेका बद्मासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको चेतावनी नै दिएका थिए ।

गिरिबन्धु जग्गामा भएको के थियो 

सर्वोच्चको फैसला अनुसार गिरिबन्धुको जग्गाबारे निर्णय गर्ने पहिलो सरकार प्रमुख मनमोहन अधिकारी हुन् । अल्पमतको सरकार गठन गरेको बेला अधिकारी र तत्कालीन भूमिसुधार मन्त्री राधाकृष्ण मैनाललीले गिरिबन्धु टि-स्टेटको जग्गाबारे निर्णय भएको देखिन्छ भने त्यसपछि सुर्यबहादु थापा प्रधानमन्त्री बनेको बेला जग्गा बेच्न अनुमति नै दिएको पाइन्छ । त्यसपछि तत्कालीन नेकपाको सरकारको बेला प्रधानमन्त्री केपी ओलीले नै कानून बनाएर जग्गा सट्टाभर्ना गर्न दिने गरि विवादीत कानून पारित गराएपछि सर्वोच्चमा मुद्दा दायर भएको थियो । 

सर्वोच्चले के भन्यो ?

गिरिबन्धु जग्गा प्रकरणमा सर्वोच्चको फैसलाको पूर्णपाठले जग्गा सरकारीकरण गर्न बाटो खुलाइदिएको छ । सर्वोच्चले हदबन्दीभन्दा बढुि जग्गा उपयोग नीतिबारे समेत प्रष्ट भनिदिएको छ । जे प्रयोजनमा जग्गा हदबन्दी छुट लिएको हो, त्यो बाहिर गए सरकारले हस्तक्षेप गर्न पाउने कानूनी बाटो खुला भएको छ । अहिले सर्वोच्चको यस्तो फैसलापछि एमालेप्रति कांग्रेस आक्रामक बन्ने संकेत गरिरहेको छ । यसै विषयमा एमाले-कांग्रेसप्रति आरोप-प्रत्यारोप चल्न थालेको हो । 

भिडियोः

सम्बन्धित समाचार