प्रधानमन्त्री प्रचण्डले लिएको विश्वासको मत र राजनीतिक सन्देश

2.4k Shares

काठमाडाैं । प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षको अवरोधकाबीच विश्वासको मत लिएका छन् । २७५सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले १५७ सांसदको मत पाएका छन् । 

स्पष्ट बहुमत छ भन्ने सन्देश दिने प्रधानमन्त्रीको यो प्रयासलाई कतिपयले एमालेले सरकार स्थिर र बहुमत प्राप्त छ भन्ने सन्देश दिनका लागि अघि सरेको अर्थमा बुझेका छन भने केहिले भने अस्थिरतामा सत्ताको आयु लम्ब्याउने प्रचण्डको प्रयास भन्ने अर्थ लगााइरहेका छन् । 

यता, सत्ता समिकरण फेर्ने हवाला दिदै धम्कीपूर्ण भाषा प्रयोग गरिरहेका माधव नेपालमाथि दबाब सिर्जना गर्नेमा पनि एमाले-माओवादी केन्द्र अघि सरेको अर्थमा लिइएको छ । 

कांग्रेसले संसद अवरोध कायम राखेपछि प्रधानमन्त्री प्रचण्डले संसदको रोष्टमबाटै कांग्रेसलाई संसद अवरोधको गल्ति नगर्न चेतावनी दिदै थिए । भन्दै थिए, कांग्रेसले संसदीय संस्कृतिमाथि प्रहार गर्न खोज्यो । इतिहासको कलंकका रुपमा यो घटना दर्ज हुनेछ । तर, संसदीय छानविन माग गरिरहेको प्रतिपक्षी भने दृढताका साथ अवरोधमै केन्द्रित बन्यो । र पत्रकार सम्मेलनको आयोजना गर्दै जंगलबाट मुलधारको राजनीतिमा ल्याउन र माओवादीलाई पार्टीको हैसियत दिन कांग्रेसको भूमिका के थियो भन्दै प्रतिवाद समेत गर्‍यो । 

पेलेरै सत्ता पक्षले विश्वासको मत लिएपछि कांग्रेस पनि अब सडकमा समेत आउने तयारी गर्न थालेको छ । यसले सरकार त बहुमतमा रहनेछ तर, नैतिकता भने गुमाएको सरकार हुनेछ । यस्तोमा सरकारमाथि प्रश्न भने उठिरहनेछ । 

एमाले अध्यक्ष केपी ओली भने कांग्रेसलाई सत्ता पक्षसँग बहुमत छ र सरकार ढाल्ने कोसिस नगर भन्ने सन्देश दिने र राजनीतिक मागसँग सम्झाैता गर्ने गरि अघि बढेका छन भने प्रधानमन्त्री प्रचण्ड भने यहि अस्थिरतामा शासन गर्ने मनस्थिति बनाएर अघि बढिरहेका छन् । यस्तोमा सरकारमाथि प्रश्न नउठेपनि राजनीतिक इमान्दारिता र नैतिकताको प्रश्न भने उठ्नेछ 

सम्बन्धित समाचार