मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन, मसँग जादुको नम्बर छः प्रधानमन्त्री

1.6k Shares

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई पदबाट हटाउन सजिलो नभएको दाबी गरेका छन् । 

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले आफूलाई कसैले प्रधानमन्त्रीबाट हटाउन खोजेपनि सहज नभएको भन्दै आफ्नो पार्टीसँग जादुको अंक रहेको उल्लेख गरेका छन् ।

'हामीले यो बाहिर भनेजस्तो सरकार कति दिन होला ? चल्छ कि चल्दैन ? विभिन्न कुराहरु आउँछन । अर्कोले कुरा गर्दैछ रे–केही दिन पछि सरकार जाँदैछ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोशिस भएको छ । यो भन्न थालेको म प्रधानमन्त्री भएको मैले नै भन्थे–सायद मलाई सबै मिलेर धेरै दिन बस्न दिन्नन् होला ।' उनले भने, ' अहिले डेढ वर्ष भयो । तर म बसेकै छु । र मैले जे देखेको छु सबै परिस्थिति । तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । ढुक्क भएर काम गरे हुन्छ । सजिलो छैन हामीलाई । हामीलाई हटाउन सजिलो छैन । इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनको कारणले र हाम्रो जादु नम्बरको कारणले पनि । जादु नम्बर छ हाम्रो । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाई हाल्छ । त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन ।'

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । 

सरकारमा रहँदासम्म भ्रष्टाचार,सामाजिक न्याय र समृद्धिको निम्ति आफूले काम गर्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ । उनले सरकारमा रहँदासम्म सत्तारुढ दलहरुबीच भएको समझदारीलाई इमान्दारितापूर्वक कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि दोहोर्‍याए ।

सम्बन्धित समाचार