1.3k
Shares
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले असार १९ गतेका लागि केन्द्रिय समिति बैक आह्वान गरेको छ ।
रास्वपा महामन्त्री डा. मुकुल ढकालले तयार पारेको प्रतिवेदनमा छलफल गर्न भन्दै बैठक बोलाइएको हो ।
रास्वपामा महामन्त्री ढकालले तयार पारेको प्रतिवेदनले पार्टी विभाजनउन्मुख रहेको उल्लेख गरिएको बताइएको छ । महामन्त्री ढकालले आफ्नो दलले गम्भीर आत्मसमिक्षा नगरे पार्टीको हालत साझा विवेकशिल जस्तो बन्ने समेत उनले उल्लेख गरेका छन् ।
पार्टीमा ढकालको प्रतिवेदनले हचल नै ल्याएको बताइएको छ । रास्वपाका एक नेताका अनुसार पार्टी सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने ढकालप्रति आक्रोशित बनेको बताइएको छ ।