काठमाडाैं । प्रधानमन्त्री प्रचण्ड संसदमा विश्वासको मत नपाएसँगै पदमुक्त भएका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको पक्षमा ६३ मत खस्दा विपक्षमा १९४ मत परेको छ भने १ मत तटस्थ रहेको छ ।
प्रतिनिधिसभामा विश्वासको मतको पक्षमा ६३ मत खसेपछि प्रधानमन्त्री प्रचण्डको प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा सभामुख देवराज घिमिरेले घोषणा गरे ।
प्रधानमन्त्री प्रचण?डले राखेको विश्वासको मतको पक्षमा बहुमत प्राप्त नभएपछि प्रचण्डले बालुवटार छाडेका छन् । प्रतिनिधिसभा बैठकबाट राष्ट्रपति निवास शीतल निवास पुगेका प्रचण्ड बालुवाटार नगई सिधै खुमलटार पुगेका छन् ।
खुमलटारमा प्रधानमन्त्री प्रचण्डलाई माओवादी नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।