राष्ट्रपतिले गरे नयाँ सरकार गठनको आह्वान, देउवा-ओलीको सुरसार यस्तो !

256 Shares

काठमाडौं । शुक्रबार प्रधानमन्त्रीका लागि प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भए । पदमुक्त भएसँगै प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगे । 

प्रचण्डसँगको भेट अघि नै राष्ट्रपतिले कानूनविद्हरुसँग नयाँ सरकार कसरी आह्वान गर्ने ? के गर्दा उपयुक्त होला भन्दै परामर्श लिइरहेका थिए ।

यसैक्रममा प्रचण्डसँग भेट भयो र त्यसपछि प्रचण्ड सरकारी निवास वालुवाटार प्रवेश नै नगरि सिधै आफ्नो निजी निवास खुमलटार पुगे । खुमलटारमा प्रचण्डका आफन्त र शुभचिन्तकले भव्य स्वागत गरे । यता, प्रचण्ड खुमलटार पुगेको दुई घट्टा भित्रै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरे । 

उनले संविधानको धारा ७६ को उपधार २ अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घण्टाको समय दिएका छन् । 

संसद्को दुई ठूला दलबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । कांग्रेस र एमालेले दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।

सम्बन्धित समाचार