काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठक सम्पन्न भएको छ । सोमबार शपथ ग्रहण र पदभार ग्रहणपश्चात बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
यस मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । जसमध्ये एक सरकारले नेपाललाई एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने घोषणा गरेको छ ।
यस्ता छन् अन्य निर्णयहरु
– बाढी पहिरोमा मृतकका परिवारलाई राहत प्रदान गर्ने
– २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिका मुक्त बनाउने
– ३०० दिन भित्र कीर्तिपुरस्थित क्रिकेट स्टेडियममा फ्लडलाइट र प्याराफिट निर्माण गर्ने
– जाजरकोट केन्द्र भएर गएको भूकम्पका प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम उपलब्ध गराउने
– विपदमा वेपत्ता भएका र १० दिनभित्र नभेटिएकाहरुलाई मृतक सरह राहत उपलब्ध गराउने
– निमित्त मुख्य सचिव रहेकी लिला देवी गड्तौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिने