काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता नतिरेपछि बिजुलीको लाइन काटिएका ठूला उद्योगको बिजुली जोड्न निर्देशन दिएका छन् ।
उद्योगीसहित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बालुवाटारमा राखेर उनले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको निर्देशनपछि कुलमानले बोर्ड बैठक गरेर मात्रै निर्णय लिन सकिने जवाफ दिएको बताइएको छ । तर, ओलीले आजै निर्णय गर्न निर्देशन दिएका हुन् ।
यसअघि जगदम्बा स्टिल, घोराही सिमेन्ट उद्योग, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन प्राधिकरण काटेको थियो ।
प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म ६१ वटा उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंकलाइनको ६ अर्ब ६० करोड बक्यौता तिर्न बाँकी रहेको बताउँदै आएको छ । प्राधिकरणका अनुसार उक्त रकम जरिवानासहित करिब साढे ८ अर्ब पुगेको छ ।