काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले जनताका अधिकार खोस्न खोजे सडकमा उत्रिने चेतावनी दिएका छन् ।
संविधान संशोधन गरेर सत्तारुढ काँग्रेस एमालेले जनताको अधिकार खोस्ने दुःशाहस गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई सफल हुन नदिने बताएका हुन् । उनले फेरि सडकमा पलेटी कसेर जन दबाब सृजना गर्न बाध्य हुने चेतावनी दिए ।
पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रचण्डले नेपाली जनतालाई थप अधिकार दिलाउन आफूहरुले संविधान संशोधन गर्न चाहेको स्पष्ट पार्दै जनताको अधिकार कटौति गर्ने आशयका साथ सत्तारुढ दलहरु आए त्यस बिरुद्ध संघर्ष गर्ने बताए ।
दुई वटा ठूला पार्टीले गर्न खोजेको संविधान संशोधन भनेको नेपाली जनताले प्राप्त गरेका अधिकारलाई पनि खोस्न खोज्ने, त्यसलाई उल्ट्याउने र देशलाई फेरि पहिलेकै निरंकुशतातिर लैजान चाहने खालको भएको प्रचण्डको आरोप छ ।
ठूला दलले त्यस्ता खालका गतिविधि गर्न खोजे स्वीकार्य नहुने भन्दै प्रचण्डले थ्रेस होल्ड बढाएर साना दलहरुलाई निष्तेज पार्ने प्रयास गरेको आरोप पनि लगाए ।